राजविराज । राजविराज नगरपालिका २ राजदेवी टोलका दिपक रायको राजविराजस्थित सिन्हा लँजमा हत्या भएको परिवारका सदस्यले दाबी गरेका छन् । २१ वर्षिय रायको पाँच दिन अघि सिन्हा लँजको १०७ नम्बर कोठामा मृत शरीर फेला परेको थियो ।
मृतकका हजुरबुबा नागेश्वरले बिहीबार संचारकर्मीहरुलाई न्यायका लागि गुहार गर्दै यस्तो दाबी गरेका छन् । नातीको मृत्यु भएको ५ दिन बितिसक्दा पनि पोस्टमार्टम रिपोर्ट तथा घटनाको सत्यतथ्य प्रहरीले सार्वजनिक नगरेको उनको गुनासो छ ।
नातीको मृत्यु ’boutमा अहिलेसम्म पनि यथार्त बुझ्न नसकिएको उनले बताए । घटना ’boutमा सत्यतथ्य बुझी चाडो भन्दा चाडो छानबिन गरि यथासिघ्र दोषि पत्ता लगाई कारवाही गर्न परिवारजनले स्थानिय प्रशासनसँग माग समेत गरेका छन् ।
मृतकका बुबा मुकेशका अनुसार छोरा दिपक आफ्नो केटी साथी बिराटनगर उपमहानगरपालिका बाँसबारीकी पार्वती ऋषिसँग असार ७ गते देखी सो लँजमा बस्दै आएका थिए । दुई दिनपछि असार ९ गते उनी बसेकै कोठामा मृत अवस्थामा फेला परेका थिए । उनीसँगै रहेकी पार्वतीले आफु बाथरुमतिर गएको बेला भित्रबाट चुकुल लगाई भेन्टिलेशनमा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको बताउँदै आएकी छिन् ।
प्रहरीले पार्वतीलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ । तर दिपकका परिवारजनले आत्महत्या नभई केटी र उनका आफन्तको मिलोमतोमा हत्या गरेको दाबी गरेका छन् । दिपकका बुबा मुकेशले मृत्युको प्रकृती र घटनास्थलको अवस्थाले त्यो आत्महत्या नभई हत्या नै भएको पुष्टि गरिरहेको बताए । छोराको नाक, मुखमा चोटको दाग देखिनु, रगत बगिरहनु झुण्डिएको भनिएपनि प्रहरी पुग्दा शव भुईमा भेटिनु, शरीरका विभिन्न भागमा शंकास्पद दागहरु देखिनु आत्महत्या नभएर हत्याको संकेत भएको बुबा मुकेशले बताए ।
उनले केटीका आफन्तबाट मोबाइलमार्फत बेला बेलामा छोरालाई ज्यान मारिदिने धम्की आउने गरेको र सो रेकर्ड आफुसँग सुरक्षित रहेको समेत जानकारी दिएका छन् । उनले बिहीबार बकर इदको सार्वजनिक बिदा परेकाले शुक्रबार प्रहरीमा जाहेरी दर्ता गराउने तयारी गरिएको जानकारी दिए ।
लँज संचालक गुडु सिंहले भित्रबाट चुकुल लागेको र चिच्याएपछि पनि नखोलेको भन्दै दिपकका केटी साथीले जानकारी गराएको सुनाए । उनको केटी साथीले नै बल लगाएर धक्का दिँदा ढोका खुलेको र भित्र दिपक मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको संचालक सिंहको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले घटनास्थलको प्रकृतीले आत्महत्या हुन सक्ने देखिएपनि पोष्टमार्टम रिपोर्ट आइसकेपछि सबै सत्यतथ्य जानकारी गराउने बताए । उनले दिपकका केटी साथीलाई हिरासतमा राखी घटना ’bout थप अनुसन्धान भइरहेको जनाएका छन् ।






