गण्डकी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ कास्कीका खेम सारुमगर र स्याङ्जाका गोपाल जिटीलाई प्रदान गरिने भएको छ । फोनिजका सङ्घीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पुरस्कारका लागि उनीहरुको नाम सिफारिस गरेको हो । पुरस्कारको राशि जनही रु २५ हजार र सम्मानपत्र छ ।
सारूमगर सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र पोखरामा कार्यरत हुनुहुन्छ । स्याङ्जाका जिटी प्रमाण मिडिया ग्रुप प्रालिअन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत छन् । फोनिज स्थापना दिवसका अवसरमा यही साउन २१ गते पोखरामा आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिने फोनिज गण्डकीका अध्यक्ष खिमा गुरुङले जानकारी दिइन् ।
पोखराका व्यवसायी विमलमान गुभाजु र उहाँको परिवारले आफ्ना बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । यसअघि उक्त पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरकी कमला राना र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् ।
सम्बन्धित समाचार
जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’
गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि
उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै
अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड






