एसीसी इमर्जिङ कप आजबाट, नेपालको खेल भोलि शुक्रबार

काठमाडौँ । श्रीलंकामा एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आज (बिहीबार)बाट सुरु हुदैछ । प्रतियोगितामा नेपालसहित ८ देशका टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुदैछ ।

प्रतियोगिताको पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दै छ । खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुदैछ । प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।

दोस्रो खेलमा अफगानिस्तान ए र ओमान ए भिड्दै छन् । खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ । प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।

दुवै खेल नेपाली समय अनुसार बिहान १०:१५बजे सुरु हुनेछ । समूह बी मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित