सावित्राले जोगाइन नेपालको हार


सावित्रा भण्डारी सम्बाले बंगलादेशविरुद्ध बिहिबार भएको मैत्रीपूर्ण खेलमा अतिरिक्त समयमा गोल गर्दै नेपाललाई पराजयबाट जोगाइन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सावित्राको गोलपछि नेपालले बंगादेशविरुद्ध बिहिबार १–१ को बराबरी खेल्यो । बंगलादेशविरुद्ध बिहिबार १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै सावित्राले ४ मिनेट थपिएको इन्जुरी समयमा गोल गरेकी थिइन् । सावित्रताले नेपालका लागि गरेको यो ४२ औं गोल हो ।
गोलपोष्ट नजिक विपक्षी खेलाडीले बल क्लियर गर्न नसकेको अवस्थाको फाइदा लिदै साम्बाले सानदार गोल गर्दै नेपाललाई जोगाइन् । सावित्राबाट नेपालले अन्तिम समयसम्म पनि आशा गर्ने गर्दछ । केहि महिना अघि भएको भारतविरुद्धको खेलमा पनि उनले २–० ले पछि परेको अवस्थामा व्यक्तिगत २ गोल गर्दै खेललाई उल्टाएकी थिइन् । सावित्राले २ गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् ।
बिहिबार ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा भएको खेलमा बंगलादेशले ६५ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी कप्तान कप्तान सविना खातुनले उसका लागि गोल गरेकी थिइन् । सरु लिम्बुको मिस पासबाट पाएको अवसरलाई सविनाले गोलमा परिणत गरीन् । नेपालको डिफेन्स एसिया कमजोर भएको मौकालाई उनले चुकाइनन् । अब नेपालले आइतबार अर्काे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छ । गत बर्ष भदौमा भएको साफ च्याम्पियनसिपमा नेपाललाई फाइनलामा हराउँदै बंगलादेशले उपाधी चुमेको थियो । बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । नेपालले साफ च्याम्पियनसिपमा भोगेको हारको बदला लिने अवसरको रुपमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई लिएको छ । आइतबार नेपाल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । तथापी बंगलादेशको युवा निकै प्रभावशाली देखिन्छ । नियमित प्रशिक्षणमा रहेको बंगलादेशको खेल स्किल पनि उत्कृष्ट रहेको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक अनन्त थापाले खेलमा तीव्र प्रतिस्पर्धा भएको बताएका छन् । सावित्रा भण्डारीको पुनरागमनले टिमको मनोबल उच्च भएको देखिन्थ्यो । सावित्राले साफ च्याम्पियनसिप खेलेकी थिइन् । उनले चोटका कारण खेल्न असमर्थन थिइन । चोटका कारण नखेलको राष्ट्रिय टिका खेलाडी गीता राना र प्रिति राईले पनि मैदानमा उत्कृष्ट पर्दशन गरेका थिए । नेपाली टिम एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा उत्रिएको थियो ।
बंगलादेशका मुख्य प्रशिक्षक कोहबुबुबर रहमान लिटुले नेपालका टिमलार्य बलियो मानेर नै मैदानमा खेलाडी उतारेका थिए । उसका कारण उनीहरु संवेदनशिल भएर मैदानमा उत्रिए । साफको उपाधी चुम्दाका प्रशिक्षक गोलान रब्बानीको अभाव टिमले भोग्नुपरेको देखिएन । साफ जित्दाको टिम र मैत्रीपूर्ण खेलको टिम फरक रहेको बंगलादेशीक कप्तान सविना खातुन बताउँछिन् ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

महेन्द्र कार्कीद्वारा गौशालामा ३ सय जनालाई खीर भोजन