एमालेबाट निर्वाचित मेयरदेखि वडासदस्य ६ जनाको पद गुम्यो

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको छ । आयोगले आज शुक्रबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल त्याग गरेको पाइएकाले उनीहरूको पद स्वतः रिक्त भएको जनाएको हो । पद रिक्त हुनेमा मेयरदेखि वडा सदस्यसम्म छन् ।

आयोगले २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती प्रतिनिधिले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भनी एमाले केन्द्रीय सचिवालयले जानकारी गराएपछि यस्तो निर्णय गरिएको जनाएको छ ।

पद रिक्त हुनेमा रौतहटको देवाही गोनाही नगरपालिकाकम मेयर प्रेमलाल साह, मोरङको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, जाजरकोटको भेरी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर राना, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेशकुमार राई, रौतहटको देवाही गोनाही नगरपालिका–४ का वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मी र खोटाङको खोटेहाङ गाउँपालिका–४ का वडासदस्य प्रदीप आचार्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

epaper

ताजा समाचार

ब्रड पिक हिमपहिरो: २ जनाको शव भेटियो, आरोहणमा को–को थिए ?