कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते दिनको १ बजे प्रदेशसभाबाट विश्वासको मत लिन समय दिएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

मुख्यमन्त्री थापाले आज दिउँसो प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा, १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन भदौ ३ गते गतेको कार्य सूचीमा समावेश गर्ने गरी प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधन सहितको नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्तावसम्बन्धी सूचनापत्र दर्ता गराउनु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो