नागढुंगा चेकपोस्टमा सवारी होल्ड (फोटोफिचर)

काठमाडौं । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा सवारी आवागमन बन्द गरिएको छ। बसपार्क, नागढुंगा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन आज बिहानदेखि सञ्चालनमा आउन सकेका छैनन्।

जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले हिजो रातिदेखि नै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। वर्षा नरोकिएको र सडकको अवस्था सुरक्षित नभएकाले आज बिहानसम्म पनि गाडीहरू छुट्न नदिइएको जनाइएको छ। यात्रुहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा मौसम र सडक अवस्था’bout सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

आज देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना