कोरोना संक्रमण नियन्त्रणका अभ्याससँगै भए÷गरिएका केही काम’bout प्रसारित सूचनाले आमजनतामा भ्रम सिर्जना गरेको सरकारको गुनासो छ । सरकारी काम कारबाहीअन्तर्गतका राहत प्याकेज कार्यक्रम, भाइरल बिरामीको उपचार, अस्पतालको अवस्था, बिरामीको मृत्यु, देशभरका क्वारेन्टाइन र उपचारको अभ्यास तथा स्वास्थ्य सामग्रीको अभाव आदि’bout आएका प्रचार यथार्थ भएनन् भन्ने सरकारको दाबी छ । तर, सरकार आफैं यी कामको प्रचारमा सचेत र नियमित छैन । सरकारले बिनाढिलाइ सूचना सम्प्रेषण गर्ने तालिका मिलाउनुपर्छ । सिंगो देश नै लकडाउन गरिएको यस संकटका बेला सरकारले काम गराइको लामो प्रक्रियामा अल्झिएको प्रशासन संयन्त्रलाई नै पर्खिराख्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ । यथाशक्य छिटो जनतालाई सुसूचित गर्ने कुरामा ध्यान दिनुपर्छ । आशंका, भ्रम र तर्कबितर्कको खेती हुँदासम्म सरकार चुप लागेर जनतालाई सूचितै नगरी बस्ने परम्परालाई पनि लकडाउन गरी इमर्जेन्सी सूचना प्रवाह गरिनुपर्ने प्रक्रियाको थालनी गरिनुपर्छ । भ्रम छरिएका कुरा सरकारको पहलमा भए÷गरिएका विषयभन्दा बाहिरका छैनन् । यसका लागि सरकार आफंैले मूल सफा राख्ने र निरन्तर पानी बगेझैं सामूहिक र जनचासोका विषयमा सूचना प्रवाहमा गति दिनु जरुरी छ ।
दोस्रो कुरा, सञ्चारमाध्यम समयका संवाहक हुन् । आजको समय भनेको सूचनाको समय हो । समयको गतिसँगै सञ्चारमाध्यम पनि प्रतिसेकेन्डको प्रतिस्पर्धा र दौडमा छन् । समयको प्रवाहमय लयमा छन् । उनीहरूको पनि आफ्नै माध्यम तथा स्रोत छन् । पाठक, दर्शक र श्रोता छन् । यी सबैलाई सुसूचित गर्ने दायित्व उनीहरूको हो । उनीहरूले आफ््ना ती पाठक, दर्शक र श्रोतालाई विषय प्रसंगले उठेका र आमचासोका कुरामा अद्यावधिक गरिरहनुपर्छ । ठीक यहीँनेर सरकार र सञ्चारमाध्यमका बीचमा खटपट सुरु हुन्छ र अनुमान तथा अभिव्यक्तिमा भिन्नता देखिन आउँछ । सरकारले सञ्चारमाध्यमलाई के दिनुपर्छ भनेर नसोचेका बेला उल्टै सञ्चारमाध्यमले स्रोत खोजी गर्दै सम्बधित निकाय र जिम्मेवार व्यक्तिकहाँ पुग्दा सूचना’bout ‘रेस्पोन्स’ नै हुँदैन । त्सपछि ‘बोल्न चाहनु भएन’ भनेर उद्धृत गर्दा मात्र पनि जनतामा प्रश्न त उठिहाल्छ, किन नबोलेको भनेर । यसका साथै, विश्व स्थायनीयकरण र स्थानीय विश्व्यापीकरण भइसकेको वर्तमान युगमा नेपाली अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना गर्छन् र अमेरिकी नेपालीको आलोचना गर्छन् । विश्वव्यापीकरणले सबैलाई एक ठाउँमा ल्याइपु¥याएको छ ।
यसले विश्व मानवजातिलाई एक परिवारजस्तो बनाएको छ । अति विकसित र अति महाशक्ति भनिने अमेरिकामा भुसको आगोझैं सल्किएको कोरोना संक्रमण र मृत्युले स्वाभाविक रूपमा नेपालीलाई आतंकित त बनाएको छ नै । यस्तो बेलामा हाम्रोमा केही छैन भनेर चुप लाग्ने र चुप लाग भन्ने कुराले कसैको मनमा चैन र शान्ति ल्याउँदैन । यसका साथै भर्खरै आमजनताका माझमा पुगेको सामाजिक सञ्जाल एक नयाँ सञ्चारमाध्यमको स्वरूप लिएर फिजिएको छ । यसमार्फत बुझाइका विभिन्न स्तरसहित अभिमत व्यक्त गर्न पाउने स्थान हरबखत खुला छ । यस्तो अवस्थामा सरकारको गति, मति र लय यिनै कुराको अगुवाइ गर्ने हैसियतसहित फ्रन्टलाइनमा आउन जरुरी छ । यसले मात्र सञ्चारजगतमार्फत अभिव्यक्त भिन्न सोच, दृष्टिकोण र सूचनालाई यथार्थ, सन्तुलित र विश्वसनीय बनाउन मद्दत गर्ने देखिन्छ ।






