अटो रिक्सा दुर्घटना हुदाँ डडेलधुरामा दुईको मृत्यु

डडेलधुरा । डडेलधुरामा अटोरिक्सा दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ ।  आलिताल गाउँपालिका–१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको अलितालमा भएको सो अटो दुर्घटनामा परी एकजना भने घाइते भएका छन । 

प्रहरीका अनुसार गत राति भएको अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको हो  भने सोही अटोमा रहेका वीरबहादुर कुँवर घाइते छन् । 

घाइते कुवँरलाई उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको छ ।
 

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

epaper

ताजा समाचार

डीएनए परीक्षणले खुलायो बाबुको हत्यामा छोराहरुकै संलग्नता