चितवन । एउटा हत्याको घटनामा डीएनए परीक्षणबाट भरतपुर महानगरपालिका–१८ का मृतक टीकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरु रहेको पुष्टि भएको छ ।
नारायणी नदी किनारमा भेटिएका हाड खोरलाई डीएनएमार्फत व्यक्ति पहिचान भएपछि हत्या भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार १९ फागुन २०७९ मा भरतपुर–१७, गाजीपुरस्थित नारायणी नदीको बगरमा खप्परको हड्डी, मेरूदण्डको हाड, कम्मरको हड्डी, तिघ्रा र दुवै नलीखुट्टाका हाडलगायतको कंकाल भेटिएको थियो ।
कंकालको ’round केही कपडा, मोबाइल, मुख बाँधिएको, पीँध च्यातिएका बोरा, प्लास्टिकका थैलोसमेत फेला परेको प्रहरीले जनाएको छ । ती कंकाललगायत अंग भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
बाबु बेपत्ता भएको भनिएका मृतक टीकाराम नेपालीको कान्छो छोरा अनिल नेपालीको रगत नमुना लिई डीएनए परीक्षण गर्दा उक्त हड्डीहरु बाबु टीकारामको भएको पुष्टि भएको थियो ।
त्यसपछि बाबुको हत्या गर्ने छोराहरुको खोजीमा प्रहरी लागेको प्रहरी नायब उपरिक्षक चन्द्रभूषण यादबले जानकारी दिए । मृतक नेपालीका जेठा छोरा अम्मरसिं नेपाली र माइलो छोरा विष्णुबहादुर नेपाली सँगै वैदेशिक रोजगारमा छन् ।
आरोपितलाई झिकाउन प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो । केही दिनअघि हत्या आरोपितमध्ये अम्मरसिं नेपाल आएपछि उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
उनी पक्राउ परेसँगै उनी र माइलो भाइ मिलेर हत्या गरेको वयान दिएको उपरीक्षक यादवले जानकारी दिए । घरमा बाबुआमाबीच झगडा भएपछि भागेर नवलपरासीको गैँडाकोटमा अर्काको घरमा काम गरिरहेका बाबुलाई दुई छोराले फकाएर घर ल्याई हत्या गरेको पक्राउ परेका नेपालीले बयान दिएको उनले जानकारी दिए ।
निजलाई ज्यानसम्बन्धी कसुरको मागदाबी लिई चितवन जिल्ला अदालतमा पेस गरिएको छ । पक्राउ परेका जेठो छोरा अम्मरलाई १६ भदौमा पुर्पक्षका लागि थुनामा पठाइएको छ भने भाइ विष्णु वैदेशिक रोजगारीमा छन् ।
सम्बन्धित समाचार
३५ वर्ष जागिर खाँदा १० करोड अबैध कमाइ
तिब्बत बाढी : प्रधानमन्त्रीले बोलाए आपतकालीन बैठक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन आग्रह
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि एमाले महासचिव पोखरेल नेतृत्वको टोली नुवाकोट प्रस्थान
त्रिशूलीपारीका पीडितको उद्धार न राहत
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
‘आमा, धन्न बाँचेर आएँ’
संखुवासभामा गोली हानी शिक्षकको हत्या
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार





