कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो संस्करण हुँदै

कपिलवस्तु । नेपालमा पहिलो पटक  २०७९ सालमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता आयोजना गरेर एउटा फरक पहिचान बनाएको लायन्स कपिलवस्तुले  ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) को दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।

जिल्लाको वाणगंगा नगरपालिका स्थित ऐतिहासिक पर्यटकिय क्षेत्र राजापानीमा रहेको पोखरीमा दोस्रो पटक २०८० असोज २७ गते साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले बताए । पोखरीमा खेल्ने खेल भएकाले सबैलाई सहज हुने गरी पोखरीमा पानीको सतह ४ फिट मात्र हुने आयोजकले बताएको छ ।

प्रतियोगिताका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुमति प्रदान गरिसकेको छ भने राजापानि सामुदायिक बनसँग पनि पोखरीका लागि समन्वय भएको मिडिया संयोजक नवराज बेल्वासेले बताएका छन् ।

सहभागी हुने प्रतियोगिहरुका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन  क्लव आफैले व्यवस्थापन गर्ने जनाएको छ ।प्रतियोगिता सुरक्षाका हिसाबले चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्सको व्यवस्था समेत गरिने क्लवले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी