पाँच महिनाको गर्भ बोकेर छायाँकनमा रेखा

काठमाडौं । अभिनेत्री आमा बन्ने भएपछि अभिनेत्री रेखा थापालाई चलचित्र ‘उपहार’ को छायाँकन सक्न हतारो छ । पाँच महिनाको गर्भ लिएर अभिनेत्री रेखा थापा अहिले चलचित्र उपहारको छायाँकनमा व्यस्त छिन् । यो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

अहिले उनी आफ्नो गर्भ नदेखियोस् भनेर खुकुलो कपडा लगाएर चलचित्रको छायांकन गरिरहेकी छिन् । रेखाको चरित्रको छायांकन सकेर बाँकी अरुको छायांकन गरिने निर्देशक देउजाले जनाएका छन् । उनको स्वस्थ्यमा असर नपरोस भनेर निकै होसियारी पूर्व चलचित्रको छायांकन भइरहेको पनि उनले बताएका छन् ।

यसरी रेखाले यो चलचित्रको छायांकन सकेर आराम गर्ने भएकी छिन् । यो चलचित्रमा रेखासँगै पुजा शर्मा, तेज गिरीलगायतको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण