राजदूत क्षेत्रीले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा । संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले यूएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

संयुक्त अरब इमिरेट्सका लागि नेपालको राजदूतको कार्यभार सम्हाल्न गत बिहीबार ११ असोजमा अबुधावी पुगेका क्षेत्रीले बुधबार कसार अल वाटनमा आयोजित एक विशेष समारोहबीच यूएईका राष्ट्रपति अल नाहयानसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ओहोदाको प्रमााणपत्र पेस गरेपछि उनीहरूबीच भएको भेटमा राजदूत क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति नाहयानको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै यूएईका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।

सन् १९७७ मा नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध कायम भएयता दुवै मुलुकबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत क्षेत्रीले नेपालीका निम्ति यूएई आकर्षक गन्तव्य मुलुक बनेको बताए ।

आफ्नो कार्यभार सम्हाल्न यूएई पुगेका राजदूत क्षेत्रीलाई अबुधावी विमानस्थलको विशिष्ट कक्षमा त्यहाँको परराष्ट्र मन्त्रालयका शिष्टाचार पदाधिकारी तथा दूतावासका कार्यवाहक राजदूत विशाल भट्टराई र अन्य कूटनीतिक कर्मचारीहरूले स्वागत गरेका थिए ।

तत्कालीन राजदूत कृष्णप्रसाद ढकाल आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर नेपाल फर्किएपछि यूएई राजदूतविहीन थियो ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार र चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित