काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र सरकार’bout समीक्षाको विन्दुमा पार्टी पुगिनसकेको बताएका छन् ।
आज बुधबार बिहानको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र सरकारले आफ्नो काम गरिरहेकाले अहिले नै समीक्षाको अवस्थामा पार्टी पुगिनसकेको बताएका हुन् । ‘प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेको छ । अहिले नै हामी समीक्षाको विन्दुमा पुगेका छैनौँ । उहाँले आफ्नो काम गर्नुहुनेछ भन्ने विश्वास छ,’ सभापति लामिछानेले भने ।
सुनसरीको देवानगञ्ज घटनापछि रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङको अनुपस्थिति’bout उठाएको जिज्ञासामा सञ्चारकर्मीहरु लामिछानेले भने, ‘यो बैठक नितान्त दलका शीर्ष नेताहरूको बैठक हो । यसमा सरकारको प्रतिनिधित्व स्वर्णिम वाग्लेबाट भएको छ । हामी सबै दलले जिम्मेवार ढंगबाट सद्भाव र शान्ति कायका लागि अपिल गरेका छौँ । अप्ठेरो परिस्थितिमा मुलुकलाई निकास चाहिएको अवस्थामा सर्वपक्षीय पहल, सहकार्य र समझदारी खोज्ने राजनीतिक संस्कारका पक्षमा रास्वपासहित अन्य दल एकै ठाउँमा छौँ ।’
घटनाको प्रारम्भिक चरणमै सरकार’bout निष्कर्ष ननिकाल्न अनुरोध गर्दै उनले सरकारले आफ्नो दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
मुख्यमन्त्री शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक
बागमती सरकारबाट बाहिरियो एमाले
‘काँग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’ : भीष्मराज आङ्देम्बे
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै
कुमार बेनको भारत भ्रमणवारे जानकारी छैनः परराष्ट्र मन्त्रालय
रास्वपामा मनोनयनको ‘महाभारत’
काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस






