सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

मनहरी (मकवानपुर) । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३:३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र.०३-००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

चलचित्र बेहुलीको गीत 'म भइन भने' सार्वजनिक