मुगु । मुगुमा भएको सामूहिक हत्या घटनाको अनुसन्धानका लागि प्रहरी खटाइएको छ । शनिबार बिहानैदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटना स्थलमा प्ररम्भिक अनुसन्धान गरि शव पोस्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याएको छ।
मुगु सामुहिक हत्या अपडेट :
शनिबार मृतक श्रीदेवीका श्रीमान दीपक बोहोरा विदेशबाट घर आइपुगेपछि प्रहरीले मुचुल्का गरेर शवहरु पोस्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ठिनी मुगुमा ल्याएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। कतारमा रहेका दीपक शनिबार बिहान ११ बजे घरमा पुगेका हुन् ।
शुक्रबार मन्दु गाउँकी २६वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।






