भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार यहाँका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको हो ।
गाउँपालिकाको विपद् व्यावस्थापन कोषबाट दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए भूकम्पले क्षति पुगेको दुःखद् घडिमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।
‘दुई जिल्लाका भूकम्प पीडितलाई एक ÷एक लाख सहयोग गरेका छौँ’ प्रशासकीय अधिकृत भट्टराईले भने‘यसले पीडितलाई केहि राहत पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।’
दुई जिल्लामा भूकम्पबाट मानवियसँगै ठुलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । दुवै जिल्लाको दैविक विपद् व्यावस्थापन कोषमा सहयोग रकम जम्मा गरेको उनले बताए । ‘यो एउटा दुःखद अवस्था हो’अध्यक्ष राईले भने, ‘यसको सवै मिलेर सामना गर्न आवश्यक छ । हामीले पनि केहि राहत पुगोस् भन्नको लागि रु.दुई लाख सहयोग गरेका छौँ ।’
कात्तिक १७ गते राति जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्र विन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।






