कोरोनाको उपचारका लागि सारथिद्वारा आइसोलेसन स्थापना

धनगढी । कैलालीको धनगढीस्थित नीजि अस्पताल सारथिले कोरोनोको संक्रमणको उपचारका लागि अलग्गै आइसोलेसन स्थापना गरेको छ ।

कैलालीका अधिकांस नीजि अस्पतालहरुले इर्मेजेन्सी सेवामात्र प्रदान गरिरहेको भएपनि सारथि अस्पतालले भने कोरोना संक्रमित फेला परे उपचार र निगरानीका लागि आइसोलेसन स्थापना गरेको हो । धनगढीमा ११ वटा नीजि अस्पताल रहेका छन् । तर सारथिले मात्र कोरोना संक्रमितका लागि भनेर अलग्गै आइसोलेसनको स्थापना गरेको हो ।

धनगढीस्थित सारथि अस्पतालका व्यवस्थापक बेदप्रकाश जोशीले सरकारले लकडाउन गरेपछि अन्य नीजि अस्पतालहरुले सेवा बन्द गरेपनि आफूहरुले कुनै सेवा नरोकेको बताए । उनले भने– ‘हामीले कोरोनाका संक्रमित वा आशंका भएका व्यक्तिहरु उपचारमा आए अलग्गै आइसोलेसनको पनि व्यवस्था गरेका छौं ।’

‘नेपालमा पछिल्लो समयमा कोराना भाइरसका कारण देश समस्याग्रस्त छ । यस्तो बिषम परिस्थितीमा देशलाई हरेक नागरिकको सहयोगको खाँचो छ । जसमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको झन् कोरोना संक्रमण रोक्न महत्वपुर्ण भुमिका रहन्छ,’ उनले भने, ‘पछिल्लो समयमा बिश्व ब्यापी फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन हामी साधन स्रोतले भ्याए सम्म सक्दो सेवा दिनवाट पछि नहटी जनताको सेवामा समर्पीत रहेका छौ ।’

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले फिर्ता बोलायो