जसपा अध्यक्ष यादवको यस्तो प्रतिबद्धता

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजविराजमा निर्माण हुने भनिएको रामराजा प्रसाद सिह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम यथासिघ्र अघि बढाउन आफुले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सवा दुई वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरेर पनि हाल सम्म निर्माण कार्य सूरु न गरी अलपत्र अवस्थामा छाडिएको प्रतिष्ठानको निर्माण कार्य सूरु गर्न माँग गर्दै आन्दोलनरत सप्तरी यूथ नेपालका प्रतिनिधीहरुसंग आईतवार राजविराजमा कुराकानी गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

“सूरुमा जग्गा प्राप्ती मै धेरै समय लाग्यो, विभिन्न झमेलाहरु प्नि आए, अध्यक्ष यादवले भने–ती सबै चुनौती पार गरेर अघि बढ्दा पनि विभिन्न कारणले प्रतिष्ठानको निर्माण कार्यले गति लिन पाएनन ।” एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निति अनुसार २०७५ साल पुष १६ गते मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिह स्वास्थ विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । त्यति बेला अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रि थिए ।

यसै क्षेत्रबाट जितेका कारण प्रतिष्ठान राजविराजमा स्थापना गर्न उनले ठूलै भुमिका खेलका थिए । फलस्वरुप २०७८ साल जेष्ठ २१ गते मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलमा ६२ बिगहा जग्गा प्रतिष्ठानको नाममा उपलब्ध गराउनुका साथै २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीबाट भर्चुअल माध्यमबाट सिलान्यास कार्य समेत सम्पन्न गराइएको थियो । तर हाल सम्म निर्माण कार्य भने अघि बढ्न सकेको छैन । हाल निर्वाचन क्षेत्र परिवर्तन गरी बारा पुगे पनि सप्तरीमा आफुले सूरुआत गराएको योजनाहरु पुरा गराउन अहिले पनि पुर्ण प्रतिबद्धताका साथ लागि पर्ने सप्तरी यूथ नेपालका प्रतिनिधी मण्डल समक्ष उनले प्रतिबद्धता जनाए ।

सो क्रममा पत्रकारहरुद्वारा पार्टीमा देखिएको आन्तरिक विवाद ’bout. राखिएको जिज्ञासमा अध्यक्ष यादवले विवाद देखिनु समान्य कुरा हो भन्दै त्यसलाई आपसी छलफलबाट टुग्याँइने जवाफ दिए । सप्तरी युथ नेपालको प्रतिनिधी मण्डलमा कार्यवाहक अध्यक्ष मोहन कुमार यादव, आन्दोलन परिचालन समितीका संयोजक सत्येन्द्र कुमार यादव लगायतको सहभागिता रहेको जसपा सप्तरीको प्रचार प्रसार डेस्क प्रमुख उपेन्द्रप्रसाद साहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार