मुखियापट्टी मुसहरनियाँका गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण

जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य अवस्था बुझी आफ्नो निवास फर्कने क्रममा करिब १२ः४५ बजे सात आठजनाको संख्यामा आएको अज्ञात समुहले यादवमाथि आक्रमण गरेको जनता समाजवादी पार्टीले जनाएको छ ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन प्रमुख पूर्ण बस्नेतका अनुसार सो घटनाको बिरोध गर्दै मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, जसपाको धनुषा जिल्ला समितिलगायतले विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान