राष्ट्रिय रनिङ शिल्ड दोहोरी रनिङ सिल्डमा दिलिप र बिमा उत्कृष्ट

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौदीमा सम्पन्न ‘ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०’ मा कोटेश्वर– बानेश्वर समितीका दिलिप थापा मगर र बिमा अनुरागीको जोडी प्रथम भएका छन् । कार्यक्रममा बिजेतालाई प्रथम पुरस्कार ३ लाख रुपैया प्रदान गरियो । ४८ समुहले सहभागीता जनाएको यो प्रतियोगिता ४ दिनसम्म चलेको थियो । यही प्रतियोगितामा दीलिप र बिमा उत्कृष्ट भएका हुन् ।

प्रतियोगितामा कोरिया शाखाका टेकराज भण्डारी र तारा थापा द्धितिय, जापान शाखाका निशान बिश्वकर्मा र सपना रोका तृतिय, अनामनगर समितीका बिजय बानिया र सबिता परियार सान्त्वना भए । द्धितिय पुरस्कार २ लाख रुपैया, तृतिय पुरस्कार १ लाख रुपैया, सान्त्वना पुरस्कार ५० हजार रुपैया सहित सिल्ड र प्रमाणपत्र प्रदान गरियो ।

यो प्रतियोगिताका उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए । त्यसपछि लगातार चार दिनसम्म दिन भर यी ४८ समुहबीच दोहोरी गायन प्रतियोगिता चलेको थियो । ४८ समुह मध्यबाट जुम्लाकी गीता सेजुवाल उत्कृष्ट नव गायिका, पाल्पाका रबिन नेपाली उत्कृष्ट नव गायक, बसपार्क समिती रातोकी जमुना बिक उत्कृष्ट प्रतिभावान गायिका, बसपार्क समितीका रत्न श्रेष्ठ उत्कृष्ट भेषभुषाको पुरस्कार जित्न सफल भए । यस्तै बागमती प्रदेशकी आशा केसी उत्कृष्ट भेषभुषा, लुम्बिनीकी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशिल गायिका, उपत्यका समन्वय समितीकी शर्मिला श्रेष्ठ उत्कृष्ट अनुशासित गायिका, काठमाडौंका अनिल सुनार उत्कृष्ट अनुशासित गायक, बागलुङका सुमन खड्का उत्कृष्ट गायक, सुन्धारा समितीकी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायिकाको रुपमा छनौटमा परेका थिए ।

नेपाली लोक दोहोरी गायनको प्रवर्धन र कलाकारको प्रतिभा प्रस्तुतिको लागि राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता आयोजना गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष रिता थापा मगरले बताईन् । यो प्रतियोगितामा औपचारिक कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव शिब हमालले गरेका थिए भने दोहोरी प्रतियोगिताको कार्यक्रम सञ्चालन पुर्व अध्यक्ष प्रजापती पराजुली र कार्यक्रमका सहसंयोजक भरत बाराकोटीले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?