कोशी प्रदेशमा गाँजा बोक्ने साधन बन्यो एम्बुलेन्स

सुन्दरहरैचा । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारस्थित ड्युटीमा रहेको प्रहरी टोलीले शनिबार सडकमा साइरन बजाउदै गुडिरहेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्यो।

बिरामी बोकेर हिड्ने एम्बुलेन्सलाई हतपत्त चेकजाँच पनि प्रहरी गाह्रो हुन्छ तर त्यो दिन प्रहरीलाई पहिल्यै थाहा थियो एउटा एम्बुलेन्स गाँजा बोकेर आउदै गरेको छ भन्ने गोप्य सूचना। नभन्दै एउटा एम्बुलेन्स आयो र प्रहरीले चेकजाँच गर्न थाल्यो त्यहिँ एम्बुलेन्समा थियो ५२ केजी गाँजा। धनकुटाका प्रहरी नायव उपरिक्षक राजबाबु महर्जनका अनुसार गाँजासंगै पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका-८ का ४८ बर्षीय जयदेव चेल रहेको बताए ।

एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद गरिएको प्रहरी नायव उपरिक्षक महर्जनले बताए।

लागुऔषध गाँजा बरामद भए संगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनकुटा प्रहरीले गत फागुन २ गते भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा लोड गरेको ५९४ किलो गाँजा प्रहरीले बरामद बरामद गरेको थियो ।

गाँजासँगै प्रहरीले गाँजासहित चार जनालाई पनि पक्राउ गरेको थियो । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकमा मूलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को.१ ख ७३२२ नम्बरको ट्याङ्करमा गाँजा बरामद थियो ।

त्यो समयमा पनि प्रहरीले गाँजा ओसार–पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सह–चालक एमडी अफ्रोज, ट्याङ्करमा सवार ७० वर्षीय लखन महत्तो र मोरङ रङ्गेलीका गयानन्द मण्डललाई पक्राउ गरेको थियो ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । आइतबार विहान साढे २ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोलेको कमाण्डमा खटिएको टोलीले एम्बुलेन्सबाट २७३.१३० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिईएको छ । चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकीराखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० केजी गाँजासुरक्षा बेश चतराले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हे.क्वा.सुनसरीका गणपति समेनन्द बज्राचार्यले जानकारी दिए ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीको लागि ईलाका प्रहरीकार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको गणपति बज्राचार्यले बताए । पछिल्लो केहि समय देखि कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्सले बिरामी बोक्नुको सट्टा धमाधम गाँजाको ओसारपसार गरिरहेको छ। कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ।

प्रहरीले सुनसरी , मोरङ , झापा , धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको बेला एम्बुलेन्सले भने गाँजा बोक्ने साधन बनिरहेकाले अब सडकमा गुड्ने सबै एम्बुलेन्सहरुलाई नियन्त्रणमा लिई कडाईका साथ चेकजाँच गर्नुपर्ने देखिन्छ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता