सुन्दरहरैचा । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चिता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले झापा, मोरङ र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट एकै दिनमा ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
सम्मानित मोरङ जिल्ला अदालतको फैसलाले बिभिन्न मुद्धाका फरार ब्यक्तिहरुको खोजतलासमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको टोलीले मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट एकैदिन बिभिन्न मुद्धाका ४१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै सोहि दिन जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै मुद्धाका ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका फरार १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराईएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
लागुऔषध सहित २ जना पक्राउ
झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो १२ बजे झापाको बिर्तामोड नगरपालिका- २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय अनिल लुईटेललाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका- २ स्थितका ३५ बर्षीया रिना देवी सिहंले गाँजा घरमा लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ के.जी. गाँजा फेला पारी बरामद गरेसगै सिंहलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाईते
सुनसरीको बर्जु गाउँपालिका- ६ स्थित हुलाकी राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । शुक्रबार बेलुका ७ बजे चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा घाईते भएका चालक देवानगंज- ७ का २० बर्षीय जय कुमार उराव मोटरसाईकलमा पछाडी २९ बर्षीय मनोज कुमार उराव २२ बर्षीय निरज उरावलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएईएकोमा उपचारको क्रममा निरज उरावको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।






