रंगशालाको मर्मत सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानको मर्मत कार्य सुरु गरेको छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को सम्भवित त्रासका कारण मैदानको मर्मतको काम रोकिएको थियो ।

सरकारले लकडाउनलाई अझै जारी राखे पनि एन्फाले बुधबारबाट दशरथ रंगशालाको मैदानको काम थालेको हो । अहिले मैदानमा घाँस काट्ने, सम्याउने र पानी हाल्ने काम सुरु गरिएको एन्फाले जनाएको छ । लामो समय मैदानमा पानी नहाल्दा घाँस मर्ने भएकाले रंगाशालाकै कर्मचारीले बुधबारबाट घाँस काट्ने र पानी हाल्ने काम सुरु गरेको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी गराए । रंगशालामा गत फागुन ३ यता, कुनै खेल भएको छ । ३ फाुगमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेल भएको थियो ।

त्यसपछि रंगशाला विश्वकप छनोटको दुई खेलका लागि मर्मत कार्य भइरहेको थियो । तर, कोरोनाको त्रास र लकडाउन भएपछि मैदानको मर्मतसँगै विश्वकप छनोटको दुई खेल पनि स्थगित भएको थियो ।
नेपालले चैत १८ मा अस्ट्रेलिया र २३ चैतमा चाइनिज ताइपेइसँग विश्वकप छनोटको खेल खेल्ने तालिका थियो । तर, यी दुई खेलसँगै अर्काे खेल पनि अनिश्चितकालका लागि स्थगित भइसकेको छ ।

विश्व फुटबलको सर्वाच्च निकाय (फिफा) ले जुन महिनाका लागि तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र प्रतियोगिता पनि स्थगित गरिसकेको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको दोस्रो चरणमा नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेइसँगै जोर्डनसँग खेल्न बाँकी छ । यी खेल कुन मितिमा हुने अब फिफाको निर्णय नै कुर्नुपर्नेछ । कोरोनाको कारण नेपालमा समेत खेलकुद गतिविधि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने