प्रलयकारी डढेलो

नयाँ मुलुकभित्र पर्ने बाँके जिल्लाका विभिन्न सामुदायिक वनमा प्रलयकारी बन्दै फैलिएको छ डढेलो । यसबाट जैविक विविधता त नष्ट नै हुन गएको छ । मानिसका लागि पनि पर्यावरण नास भएको छ । डढेलोका कारण वनमा रहेका वन्यजन्तु तथा जनस्पति सबै जलेर नष्ट हुन गएका छन् ।

देशभर अहिले डढेलोको प्रकोप छ । वन सबै जलेर काला बुट्यानमा परिणत भएका छन् । जंगलमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका कीरा तथा चरा मारिएका छन् । आगोको ज्वाला लप्लपाउँदै सबै कुरा ‘स्वहा’ पारिरहेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका अहिले यसको एक दृष्टान्त बनिरहेको छ । यहाँको सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन् ।

नेपालमा पहाडी भागमा ठाडा डेलो नियन्त्रण रेखा र तराईमा तेर्सो डढेलो नियन्त्रण रेखा कोर्न सकिए हरेक वर्ष लाग्ने र लगाइने डढेलोबाट बच्न सकिने थियो । जन्यजन्तु अहिले डढेलो पीडित छन् र बसाइसराइको अवस्थामा छन् । हरिण र बँदेलजस्ता चलाक जनावर पनि मारिएको अवस्थामा पाइएका छन् ।

बाँकेको २५ भन्दा बढी सामुदायिक वनमा लागेको तथ्यांक रहँदा देशैभर हजारौंको संख्यामा डढेलो लागिरहेका छन् । सरकार मात्र मानवीय क्षति कति भयो भनी तथ्यांक संकलन गरी बसेको अवस्थामा छ । कतैकतै स्थानीय जनताका पहलमा साना प्रकृतिका डढेलो नियन्त्रणमा पनि लिएका छन् । तर, प्रायः डढेलो नियन्त्रणमा आउन सम्भव हुँदैन ।

स्थानीय सरकार डढेलोको ’boutमा मौन छ । यसलाई आफ्नो कर्तव्य बोध छैन । संघीय सरकार सिंहदरबारमा छ । प्रादेशिक सरकार प्रदेशजत्तिकै टाढा छ । गाउँगाउँमा सिंहदरबार भनिएकाले स्थानीय सरकार पनि आफूलाई सिंहदरबारको अंश सम्झी स्थानीय डढेलोप्रति मूकदर्शक बनिरहेका छन् ।

रातमा आगोका लप्लपाउँदा ज्वाला देखिए पनि दिउँसो भने देखिँदैनन् । डढेलो निभाउन सहज छैन । रातमा आगोको ज्वाला देखे पनि निभाउन सम्भव छैन । त्यसमा पनि गत वर्षभन्दा यस वर्ष धेरै सुक्खा छ ।

कतै कतै डढेलो निभाउन पहल गरिए पनि सम्भावना न्यून बनिरहेको छ । वनमा आगो लागिरहेको छ । यतिबेला वन तथा अन्य सरोकार कार्यालय र विभागका मानिसले अग्नि नियन्त्रण रेखा निर्माण गर्ने र त्यसलाई सफा गर्नेजस्ता कार्यक्रम लिएर गाउँ पसेका छन् । यिनीहरूको प्रशिक्षण सुन्नभन्दा बाहिर आगो लपलपाइहेको कुरामा जनताको ध्यान छ । यिनका प्रशिक्षण पनि सुन्ने गरिरहेका छैनन् । त्यसैले डढेलो नियन्त्रण कुरा ‘कुरा ग¥यो कुरैको दुःख’ हुन गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ