कपिलबस्तुमा अवधी लोककला प्रशिक्षण सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागको आयोजनामा आईतबारबाट कपिलबस्तुमा ‘अवधी लोककला गोष्ठी र प्रशिक्षण’ सुरु भएको छ ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीका अनुसार यो प्रशिक्षणको आईतबार कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले लोक परम्परा र कलाका विषयको यो प्रशिक्षणले अवधी चित्रकलाको विकाशमा मद्धत पुग्ने विश्वास व्यक्त गरे । नगरका विभिन्न स्थानका भित्तामा अवधी चित्र बनाउन आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता उनले सो क्रममा जनाए ।

शिक्षा तथा संस्कृति प्रवर्धन केन्द्र कपिलवस्तुको संयोजनमा भएको यो प्रशिक्षणमा बोल्दै प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले प्रतिष्ठानको नीति, नियम, कार्यदिशा तथा कार्यक्रमहरूका ’boutमा प्रकाश पारे ।

समारोहमा लेखक तथा संस्कृतिकर्मी विक्रममणि त्रिपाठीले ‘अवधी लोकचित्रकलामा व्यावसायिकताको आवश्यकता’ विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा उनले अवधी लोकचित्रकलाअन्तर्गतका व्रत तथा पर्वमा बनाइने भित्तिचित्र (गुडिया, रक्षाबन्धन, तिनछठ्ठी, करवा चउथ, दीपावली), संस्कारहरूमा बनाइने भित्तिचित्र (कोहबर, छठ्ठी चित्र, मैहर द्वार, ऐपन, गङ्गा यमुनाको लोकचित्रण, सोनचिरैया) भूमिचित्र (चउक पुरन, ठप्पा चित्र), गोदना, मेहदीलगायतको इतिहास, वर्तमान अवस्था र महत्त्व’bout चर्चा गरे । अग्रज कलाकार रामदयाल ठाकुरले सो कार्यपत्रमाथि टिप्पणी गर्दै भने, ‘यो हाम्रो समाज र घर घरबाट निस्कने गर्दछ । अहिले पक्की घरहरू बन्न थालेपछि गोबर–माटाको आकृति बनाउने चलन हरायो । यसकार्यक्रमले अवधी लोककलाको विषयलाई अझै विकासको पाइलामा अगाडि बढाउने विश्वास मैले लिएको छु ।’

कार्यक्रममा सभाध्यक्ष पशुपतिमणि त्रिपाठीले लोककलाको क्षेत्र विशाल भएको तर यसको लिखित दस्ताबेज भने नपाइने बताए । अग्रज कलाकार रामदयाल ठाकुरले प्रशिक्षण दिने यो कार्यशालामा ४० जनाभन्दा बढी प्रशिक्षार्थीले अवधी लोककला सिकिरहेको पनि आयोजक पक्षले जनाएको छ । यो प्रशिक्षण मँगलबार साँझसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

epaper

ताजा समाचार

सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित