जन्तेढुंगामा बुवाँखोलाको पानी लिप्टिङ गरेर वस्तीमा निकाल्ने तयारी

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा बुवाँखोलाको पानी लिप्टिङ गरेर वस्तीमा निकाल्ने योजना अघि बढेको छ । जन्तेढुंगा गाउँपालिका–१, ३, ४, ५ र ६ का नागरिकलाई पिउनेपानीको व्यवस्थापनका लागि बुवाँखोला लिफ्टिङ खानेपानी योजनाको काम अघि बढाइएको हो ।

खानेपानी बिभागसँगको सहकार्यमा प्रिक्सा कन्सल्टेन्सीले बैसाख ९ गते सुरु गरेर बैसाख १३ गते लिप्टिङ आयोजनाको सर्भेक्षण पुरा गरेको छ । कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टको पहलमा संघिय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९–०८० मै ‘बुवाँखोला लिप्टिङ खानेपानी आयोजना’लाई रातो कितावमा समेटेको थियो । तर आयोजना सुनिश्चित भएको दुई वर्षपछि मात्रै लिप्टिङ खानेपानी आयोजनाको सर्भेक्षण तथा डिपीआरको काम अघि बढेको हो ।

आयोजनाको डिपिआरको तयार पार्न अझै कम्तीमा दुई हप्ता लाग्ने छ । मन्त्रालयबाट थोरै बजेट बिनियोजन हुँदा दुई वर्षसम्म आयोजनाको सर्भेक्षणको काम नभएपछि पुःन गत फागुनमा सचिव सुरेश आचार्यलाई भेटेर आयोजनाको काम अघि बढाउन आग्रह गरिएको सभापति बिष्टले बताए । बुवाँखोलाको चण्डीथानमाथि झोलुङ्गे पुलछेउबाट पहिलो मोटर राखेर १ हजार ९५८ मिटर उचाईमा रहेको भञ्ज्याङखर्कमा पानी निकालेर गाउँपालिका भित्रका बस्ती–बस्ती पानी वितरण गर्ने योजना छ ।

लिप्टिङ आयोजनाबाट जन्तेढुंगा गाउँपालिका–१, ३, ४, ५ र ६ मध्ये चार वडाका पूर्ण र वडा नम्बर १ को पैयाँटार, देविस्थान, रिला, बुकुलाका स्थानीय लाभान्वित हुनेछन् । करिब ४० देखि ५० करोडको लागत आउने अनुमान गरिएको लिप्टिङ आयोजनाबाट नौ सयदेखि एक हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाका लागि बाम्राङका मिलन राईको ५ रोपनी जग्गामा दोस्रो मोटर राखिने छ । सो स्थानमा पानी प्रसोधन गरी त्यस आसपासका वस्तीमा पानी बितरण गर्ने योजना छ । तेस्रो मोटर थर्पुडाँडा र चौथो मोटर चुन्थेडाँडा राखिने छ । उक्त स्थानबाट अन्य वडामा लैजाने गरि ट्याङ्की निर्माण गरिने छ ।

चौथो मोटरबाट भञ्ज्याङखर्कको सबैभन्दा अग्लो डाँडामा पानी निकालेर पानी बितरण हुने बिष्टले बताए । आयोजनाका लागि मन्त्रालयले आर्थिक वर्ष २०७९–०८० र २०८०–०८१ मा ५ लाख बजेट बिनियोजन गरेको थियो । तर कुनै पनि काम नभएपछि महिना दिन अघि हलेसी तुवाचुङ नगरपालिकाका पुर्वमेयर इवन राई, सभापति बिष्ट लगायत मन्त्रालय पुगेर डिपीआर तयार पारेर काम अघि बढाउने निश्चित गराएका थिए । आयोजनाको सर्भेक्षणका क्रममा प्राविधिक टोलीसँग सभापति बिष्ट, वडाध्यक्षद्धय बिदुरमान राई र धनबहादुर राई, नेतृ अनिता राईलगायत सहभागी भएका थिए । बिष्टका अनुसार गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले आयोजना सञ्चालनका लागि स्थानीय सरकारकोतर्फबाट सहयोग रहने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान