क्वारेन्टाइनमा बसेका समाजबाटै अपहेलित !

ललितपुर । विदेशबाट आएपछि ‘सेल्फ क्वारेन्टाइन’मा बसेकाहरू ‘कुनै स्वास्थ्य समस्या नदेखिए’ पनि समाजबाट ‘अपहेलित हुनुपरेको’ महसुस गरिरहेका छन् । विदेशबाट फर्किएर महालक्ष्मी नगरपालिकामा आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’मा बसेका उनीहरू कोरोना त्राससँगै समाजको दृष्टिकोणप्रति दुःखी देखिएका हुन् ।

मनोबल उच्च बनाउनुको साटो केही अन्य तŒवले ‘छिःछिः–दुरदुर’ गर्ने, घृणा गर्ने, देख्नेबित्तिकै टाढैबाट भाग्ने, ‘घर–टोलबाट टाढा गइदिए हुन्थ्यो’जस्ता भाव देखाइरहेको उनीहरूले अनुभव गरिरहेका छन् ।

म्यानमारबाट गत ७ चैतमा स्वदेश फर्किएकी वर्षा राजभण्डारी यस्तो मारमा परेकीमध्ये एक हुन् । उनी आफ्नै ङ्खल्याटमा चौध दिन ‘सेल्फ क्वारेन्टाइन’मा बसिसकेकी छन् । विदेशबाट आएको तीन साता भइसक्दा पनि उनमा कुनै स्वास्थ्य समस्या देखिएको छैन ।

‘एउटा सामाजिक संस्थामा काम गर्ने क्रममा म्यानमारमा थिए“, भर्खरै नेपालबाट बिदा सकाएर म्यानमार के पुगेकी थिएँ ? कोरोना संक्रमणको खतरा बढ्दै जाँदा स्वदेश फर्किए“,’ राजभण्डारी भन्छिन्, ‘यहाँ आएर सावधानीपूर्वक सेल्फ क्’boutन्टाइनमा बसें, खाना खाने भाडादेखि सुत्नेकोठा र अरू वस्तु छुट्टै प्रयोग गरें, कोठाभित्रै बसेर अफिसिएल काम गरिरहेकी छु ।’

ङ्खल्याटमा एउटा मात्र शौचालय भएकाले त्यसको प्रयोग भाइ र आफूले मात्र गरेको राजभण्डारी सुनाउ“छिन् । ‘मनमा कताकता विदेशबाट आएकाले केही होला कि भनेर सतर्क थिए“,’ उनी भन्छिन्, ‘सरसफाइमा विशेष ध्यान दिएकी छु, समाज र छरछिमेकको व्यवहारदेखि भने चित्त दुखेको छ । जहाँ बसे पनि आफ्नै देश आउने चाहना हुनु स्वाभाविक हो ।’

विदेशबाट फर्किएलगत्तै लकडाउन भएपछि राजभण्डारी क्वारेन्टाइनमा बसिन् । त्यतिबेला उनका छिमेकी अनेक तरहका कुरा गर्थे ।

‘भाइस“ग तेरो दिदीलाई अरूबाट टाढै बस्न भन, ऊ बाहिर आयो भने भाइरस सार्न सक्छ भनेर भाइलाई टेन्सन दिइरहेका थिए,’ उनले सुनाइन्, ‘हुन पनि उनीहरू डराउनु स्वाभाविक हो । सतर्कता अपनाउने कसरी र समाजको भूमिका कस्तो हुनुपर्छ भनेर यस्तो बेला मनोबल बढाउनुको साटो अनेक कुरा गरिनुहुन्न जस्तो लाग्छ ।’

सुरक्षा सतर्कताका लागि घचघचाउने तर भने तनाव दिन नहुने राजभण्डारीको आग्रह छ । ‘भाडामै बसे पनि सबैका कोठा छुट्टाछुट्टै नहुनेलाई छिमेकीले कसरी सहजीकरण गर्नुपर्छ भन्ने सोच्नुपर्छ,’ उनी भन्छिन् ।

महालक्ष्मी नगरपालिकामा विदेशबाट आएर ‘सेल्फ क्वारेन्टाइन’मा बसेका ७० जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब नमुना लिइसकिएको छ । त्यस क्रममा हेल्थपोस्टमा पुग्दासमेत ’round टोलकाले घेरेर हेरिरहँदा साह्रै दुःख लागेको राजभण्डारीले बताइन् । ८ वडामा बस्ने उनलाई अध्यक्षबाटै नमुना संकलनका लागि अनुरोध गरिएको हो ।

पछिल्लो तीन सातासम्म विदेशबाट आएका ७० जना ‘सेल्फ क्वारेन्टाइन’मा बसेको महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

महालक्ष्मीमा बेलायत, नर्वे, कतार, मलेसिया, अस्ट्रेलिया, यूएई, म्यानमार, भारत, बंगलादेश, माल्दिभ्सलगायतका देशबाट आएका क्वारेन्टाइनमा छन् । बेलायतबाट एक वर्षको छुट्टीमा आएकी प्रमिला राई वडा ९ भुजुङ्गेमा बस्छिन् । उनी गत २१ फागुनमा स्वदेश आए पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेकी छन् ।

‘’round यो घरमा विदेशबाट आएका मान्छे छन् भनेर कुरा गरिरहेको पाइएको छ,’ राई भन्छिन्, ‘मलाई कुनै तनाव छैन, तैपनि परीक्षण गरिहालौं भनेर आएकी हुँ, समाजको दृष्टिकोण त्यति राम्रो लागेन ।’

कतारबाट आएका रामकिशोर राईलाई पनि छरछिमेकले ‘विदेशबाट आएको’ भनेर गरेको व्यवहार देख्दा दुःख लागेको छ । वडा ८ मै रहेकी निहिता विश्वासले आफूहरूलाई कोरानासँग जोडिएका लक्षण नदेखिए पनि ‘विदेशबाट आएको’ भन्नेबित्तिकै देखाउने व्यवहार त्यति राम्रो नभएको बताउ“छिन् ।

नर्वेमा सुत्केरी छोरी स्याहार्न तीन महिनाका लागि गएका दम्पति बलराम थापा र सानु थापा त्यहाँ पुगेको एकसातामै स्वदेश फर्किए । ‘गाउँ जाँदा अरूले के भन्लान् ?’ भन्ने डरले छोरीको घरमा १५ दिन बसेर मात्र गाउँ गएको बलारामले बताए ।

विदेशबाट आएका एक युवकले आफूलाई ‘घरबेटीबाटै दबाब आएको र अरूले पनि तुच्छ व्यवहार गरेकाले पीडामाथि झन् पीडा थपिएको’ तीतो अनुभव सुनाए ।

महालक्ष्मी नगरपालिकाको आग्रह र स्वास्थ्य कार्यालय ललितपुरको अगुवाइमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ल्याब अधिकृत टोलीले बिहीबार र शुक्रबार उनीहरूको स्वावको नमुना लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार