सुर्खेत । विश्वभरी फैलिएको कोरोना महामारीले मानव जातिलाई दिनु दुःख दिएको छ । देशभर सरकारले कोरोना रोगबाट बच्नको लकडाउन देखि अनेकौ उपाय अपनाएको छ । रोगबाट बच्ने उपाय गरिए पनि भोकले पनि निकै पीडा दिएको छ सर्वसाधारणलाई । सर्खेतको एक मन्दिरमा पुजा गर्ने पुजारी भोकै बस्न बाध्य छन् ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतको उत्तरगंगा जलेश्वर धामको शिवालयमा पुजारीको विजोग भएको छ । लगडाउनले गर्दा गरिब तथा विपन्न वर्ग भोकले तड्पीएका थिए नै तर, धर्म कर्म गर्नेको पनि उस्तै पीडा छ । विरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा रहेको उत्तरगंगा शिव मन्दिरमा एक बृद्धा पुजारीले भोकै रात दिन बिताउनु परेको छ ।
बृद्धा पुजारी कृष्णा गीरी शिव मन्दिरमा प्रसाद समेत चाख्ने नपाएको बताउछन् । लकडाउन हुनु अघि मन्दिर दर्शन गर्न आउने दर्शालु भक्तजनले ल्याएको फलफुल र प्रसाद खाने गरे पनि अहिले मन्दिरको दियो निभेको पुजारीको भनाई छ ।
९ वर्षसम्म यहि मन्दीरमा वस्दै आएकी बृद्धा पुजारीले पहिलो पटक भोकै बसेर मन्दीर कुरेको पीडा पोखेका छन् । तीनै तहका सरकार र मन्दिर व्यवस्थापन समितीले यो मन्दिरमा वस्ने पुजारीको बेवास्ता गरेको पुजारीको आरोप छ । ‘मन्दिरमा पुजाँआजा गर्ने सामान पनि सकिएको छ । साँझ विहान मन्दीरमा दियो बाल्ने तेल समेत छैन ।’ पुजारीले भने ।
पुजारी कृष्णा गीरि आफु त भोकै थिए । त्यहि बेला उनकोमा पाहुना पुजारीको पनि आएका छन् । जुम्ला चन्दननाथका एक बाबा जि पनि सोही शिव मन्दिरमा पाहुना लागेका छन् ।






