जन्मदिनमा विद्यालयमा अक्षयकोष

गुल्मी । गुल्मीमा एक जनप्रतिनिधिले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर २ का वडासदस्य एवं कार्यपालिका सदस्य डोल बहादुर नेपालीले आफ्नो ५० औँ जन्मोत्सवको अवसरमा सोही वडाको देविस्थान माध्यमिक विद्यालयमा २५ हजारको अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका हुन् ।

उक्त रकमको व्याजबाट गरिब, दलित, अपांगता भएका तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिने नेपालले बताए । बुधबार एक कार्यक्रमको आयोजना गरी नेपालीले समय अनुकुल उक्त रकमलाई बृद्धि गर्दै लैजाने समेत बताए । अक्षयकोष स्थापना गरेका नेपालीलाई स्थानीयले बाजागाजासहित सम्मान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन