काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेक गिरीविरुद्ध २१ करोड रुपैयाँभन्दा बढी रकमको ठगीसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले गिरीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउँदै अभियोग पत्र दायर गरेको हो ।
अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा पेश गरिएको छ । हाल अदालतमा उनको बयान प्रक्रिया जारी रहेको उनले जानकारी दिएका छन् ।
व्यवसायी सुभाष श्रेष्ठले दिएको उजुरीका आधारमा गिरीलाई नियन्त्रणमा लिएर सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठको बुढानीलकण्ठस्थित घरजग्गा तथा सवारीसाधनसम्बन्धी विषयमा गिरीमाथि अनियमितता तथा कब्जा गरेको आरोप लागेको छ ।
सम्बन्धित समाचार
देउवाको सन्देशः ‘लोकतन्त्रमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य छैन’
सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !
सर्वोच्च अदालतका ४ न्यायाधीशविरुद्ध महाअभियोगको तयारी, ६८ सांसदको हस्ताक्षर, मस्यौदा तयार
एमाले र नेकपाबीच तीनबुँदे सहमति
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
एमाले–नेकपा समीकरणपछि कांग्रेसले गर्यो सातै प्रदेशका नेतासँग परामर्श
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
गृहमन्त्री पदबाट सुधनलाई हटाउन जेन–जी समूहको माग






