बीपीसीको बदामासी: थोरै पावर दिदै, धेरै महशुल असुल्दै

स्याङ्जा । बुटवल पावर कम्पनी अन्तर्गत स्याङ्जाको आँधीखोला जलविद्युत वितरण केन्द्रबाट बितरीत विद्युत लाइनमा थोरै पावर सप्लाई गर्दै धेरै महशुल असुल्दै गरेको पाइएको छ । अधिकांश ३ हजार वाट बिजुली प्रयोग गर्र्नेे उपभोक्ताहरु सगँ २० एम्पियर (४ हजार वाट) को महशुल लिनुपर्नेमा ३० एम्पियर (६ हजार वाट) को महशुल उठाउदै आएको फेला परेको हो । मिटर बक्सको एमसीवीमा २० एम्पीयर उल्लेख गरिएको छ भने मिटर रिडिङ गरेको बिलमा ३० एम्पियर उल्लेख गरिएको छ ।

उपभोक्ताको गुनासोको आधारमा अनुगमन गर्दा वालिङका केही घरमा २० एम्पियरको पावर दिएर ३० एम्पियरको महशुल उठाउदै आएकोे भेट्टिएको हो । यसका सबै प्रमाण राजधानी दैनिकका सम्वाददाता सगँ सुरक्षित रहेको छ । बीपीसी मार्फत संचालन आँधीखोला विद्युत वितरण केन्द्रले उपभोक्तालाई ५, १५ र ३० एम्पियरको पावर सेवा दिदै आएको छ ।

५ एम्पियर बाहेक १५ र ३० एम्पियरको पावर लिएका उपभोक्ताहरु ठगिएको अनुमान गरिएको छ । ५ एम्पियरको १ हजार वाट, १५ एम्पियरको ३ हजार वाट र ३० एम्पियरको ६ हजार वाट पावर हुन्छ । बीपीसीले १५ एम्पियर प्रयोग गर्ने उपभोक्तालाई १० एम्पियरको पावर र ३० एम्पियरको उपभोक्तालाई २५ एम्पियरको पावर दिदै आएको बताइएको छ ।

अनुगमनमा वालिङका केही घरमा २० एम्पियरको सेवा दिएर ३० एम्पियरको महशुल उठाउदै आएको भेट्याइएको । यो अधिकांश घरहरुमा हुन सक्ने आशंका गरिएको छ । यसरी हेर्दा सोझै उपभोक्ताबाट २ हजार वाटको महशुल बढी असुल्दै आएको देखिन्छ । यो धन्दा कहिले देखी शुरु भएको हो भन्ने तथ्यभने फेला परेको छैन । घाटा भएको भन्दै महशुल बृद्धिको माग गर्दै आएको बीपीसीलाई उपभोक्ताले गुणस्तरको आवाज उठाउदै आएका छन् ।

उपभोक्तालाई बीपीसीले मसिनो गरी महशुलमा ठगी गर्दै आएको देखिएको छ । बिजुली बत्ति बाल्ने नाममा उपभोक्ताले जमिन, जल र श्रम खर्चेका छन् । त्यसै माथी प्राविधिक रुपले जानकारी पाउन नसकेका बीपीसीका उपभोक्तालाई विद्युत पावरमा ठग्दै आएको हो भने अनुसन्धान थाल्नुपर्ने स्थानीयहरु बताउछन् ।

यस बिषयमा आँधीखोला विद्युत वितरण केन्द्र गल्याङका प्रमुख डोलप्रसाद खरेललाई सोध्दा त्यस्तो हुन नसक्ने बताए । मिटरबक्स, बिजुलीको पोल देखी घरसम्मको तार र एमसिवी उपभोक्ता आफैले खरीद गर्ने भएकाले बीपीसीले त्यस्तो काम नगरेको दावी गरे ।

२० एम्पियरको पावर दिएर ३० एम्पियरको महशुल लिन पाइन्छ भन्ने राजधानीको प्रश्नमा खरेलले भने,‘त्यस्तो गर्न पाइदैन र त्यस्तो छ भने हाम्रो ध्यानाकर्षण हुनेछ ।’ उपभोक्ताले समान खरीद गर्ने र जडान बीपीसीका कर्मचारीले गर्ने हुँदा बीपीसीको कुन कर्मचारीले जडान गरेको हो भन्ने रेर्कड रहने हुँदा पत्ता लाग्ने छ उनले भने । यस्तो गलत कार्य भएको छ भने छानविन गर्नुपर्ने खरेलले बताए ।

वालिङका केही घरमा ४ हजार वाटको पावर दिएर ६ हजार वाटको महशुल लिने गरेको भेटिएपछि बीपीसीबाटट वितरित सबै मिटरबक्सहरु अनुगमन हुनुपर्ने उपभोक्ताहरुले बताएका छन् । बीपीसीले हाल स्याङ्जा र पाल्पाका गरी झण्डै ४० हजार उपभोक्ताले विद्युत उपभोग गर्दै आएका छन् ।

यस बिषयमा निमयन निकायले छिट्टै ध्यान दिन समेत उपभोक्ताहरुले आग्रह गरेका छन् । यसको अनुगमन र नियमक निकाय विद्युत नियमन आयोग रहेको छ । आयोगका सुचना अधिकारी नुतन शर्माले थोरै पावर दिएर धेरै रकम असुली गर्न नपाइने बताए । विद्युत नियमन उपभोक्ता हित विपरीत त्यस्तो कार्य गरेको भए कानुनी कारवाही हुने शर्माले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन