दाङमा कुवा सफा गर्ने क्रममा २ जनाको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासीएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यमबहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिए ।

सरसफाइ गर्न कुवाभित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर वेस क्याम्पबाट अक्सिजनसहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो । बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबै जनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । घटना बिहान ८ बजेको भए पनि प्रहरीलाई खबर ९ बजे गरिएको थियो ।

‘सुरुमा यामबहादुर कुवामा पस्नुभयो । उहाँ कुवामा पसेर नबोलेपछि फेरी मुकेश जानुभयो उहाँ पनि त्यही बेहोस हुनुभयो’ श्रेष्ठले भने । दुबैजना बिना डोरी १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुनेवित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुबै जनाको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर