अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले च्यााप्दा मृत्यु भएका परिवारलाई आर्थिक तथा खाद्यान सहयोग गरिएको छ । मंगलवार विष्णु थापालाई पहिरोले च्याप्दा घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय र शितगंगा नगरपालिकाले संयुक्तरुपमा ५० हजार नगद चामल, नुन, तेल, कम्मल, त्रिपाल लगायका सामाग्रीहरु प्रदान गरिएको शितगंगा नगरपालिका प्रमुख छविलाल पौड्ेलले बताए।विपतीका घटनाबाट बच्नको लागि सजक हुन समेत नगरबासीलाई आग्रह गरे । यस्तै नगरप्रमुख पौडेलले थप आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाघ्यले विपतको घटनामा उद्वार र राहत वितरण कार्यका काम तत्कालै गदै आएको बताए। ३५ वर्षीय विष्णु थापाको पशुचौपाया फुकाउन गोठमा पसेका बेला पहिरोले च्याप्दा घटनास्थलमै मृत्यु भएको थियो भने गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्यापिएका थिए ।






