लामाचौर कप भलिबलः न्यू डायमण्ड फाइनलमा

पोखरा । विभागीय एपिएफ क्लब र न्यू डायमण्ड लामाचौर कप महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । दुवै टिमले दोहोरो जितका साथ स्पष्ट ६ अंकसहित फाइनल यात्रा सुरक्षित गरेका हुन् । न्यू डायमण्ड साविक उपविजेतासमेत हो ।

नवआदर्श सामुदायिक समाज आयोजनामा पोखराको इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा बुधबारको खेलमा डायमण्डले घरेलु टोली गण्डकीलाई सोझो सेटमा हराएको हो । उसले २५–१३, २५–१६ र २५–१६ मा पराजित गदै दोस्रो जित दर्ता गरेको हो ।

यस्तै, एपिएफले एभरेष्ट भलिबललाई पनि सोझो सेटमै हरायो । उसले २५–१०, २५–११ र २५–१३ सेटमा हराएको हो । उसको समेत ६ अंक छ । गण्डकी र एभरेष्ट भलिबल भने अंकविहीन छन् ।

पुरुषतर्फ पुलिसले दोस्रो जित दर्ता गरेको छ । उसले पहिलो दिन साविक विजेता गण्डकीलाई सोझो सेटमै हराएको थियो । बुधबार पुलिसले ट्राभल इन्क्वाइरी गलकोटलाई २५–१२, २५–१७ र २५–२२ को सोझो सेटमा पाखा लगाएको खेल संयोजक शंकर केसीले बताए । गण्डकी र एपिएफको अर्को खेल लाइट प्रोटेस्टले रोकियो ।

राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा स्थगितसहित बाँकी खेल बिहीबार हुनेछन् । महिलातर्फ एभरेष्ट गण्डकी तथा न्यू डायमण्ड र एपिएफबीच हुनेछ । पुरुषतर्फ गण्डकीविरुद्ध गलकोट र पुलिसविरुद्ध एपिएफ आमनेसामने हुने छन् ।

प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता छ । गण्डकी प्रदेशका डिल्लीराज भट्टले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए । यस्तै रेफ्री संयोजक टहलसिंह थापा, नेपाल पुलिसकी खेलाडी विनिता बुढाथोकीले शपथ ग्रहण गरेकी थिइन् ।
राउन्ड रोविन लिग आधारमा खेलाइएकोमा प्रतियोगितामा तेस्रो दिन बिहीबार एभरेष्ट भलिबल र डायमण्ड र एपिएफ आमनेसामने हुने छन् । फाइनल २१ भदौमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा