न्युयोर्कमा ओली–मोदी साइडलाइन भेटवार्ता अनिश्चित

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघ (यूएन)को ७९औं महासभाका दौरान प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता गराउने गृहकार्य थालिकी छन् । भारतीय प्रधानमन्त्रीलाई भेटाउनका लागि परराष्ट्रमन्त्री राणाले जिम्मेवारी पाए पनि भेट हुने सम्भावना भने कम देखिएको छ ।

भेटवार्ताका लागि भारतीय पक्षले दिएन ‘ग्रिन सिग्नल’

परराष्ट्रमन्त्री राणाले दुई मुलुकका प्रधानमन्त्रीलाई भेट गराउन दौडथुप गरिरहेको भए पनि यसपटक भारतीय प्रधानमन्त्री मोदी नेपालका प्रधानमन्त्री ओलीसँग भेट्न अनिच्छुक छन् । भारतसँगको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रीमा राणालाई बनाएका भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका प्रधानमन्त्रीसँग खुसी देखिँदैनन् ।

सन् २०१९ मा नेपालले संविधान संशोधन गरेर नेपालको चुच्चेनक्सा बनाएपछि भारतीय प्रधानमन्त्री मोदीसँग ओलीको सम्बन्धमा सुधार आउन सकेको छैन । सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री राणामार्फत न्युयोर्कमा भेटवार्ताका लागि गृहकार्य भए पनि भारतीय पक्षले ग्रिन सिग्नल नदिएको परराष्ट्रका एक अधिकारीले बताए ।

महासभा २५ भदौबाट सुरु हुँदै छ । महासभाको उच्चस्तरीय छलफल ८ देखि १२ असोजसम्म चल्ने कार्यक्रम छ । नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गरेर जाने प्रधानमन्त्री ओलीले सो उच्चस्तरीय छलफलमा नेपालका तर्फबाट सम्बोधन गर्नेछन् ।

यसपटक ७ र ८ असोजमा भने राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रमसमेत हुन लागेको छ । त्यसमा पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भारतका प्रधानमन्त्री मोदी भने समिट अफ द फ्युचर कार्यक्रममा सहभागी भएर सम्बोधन गर्नका लागि मात्र न्युयोर्क जान लागेका हुन् । ५ असोजमा अमेरिकाको विल्मिङटनमा चार मुलुकको संगठन क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया)को बैठक हुँदै छ । सो बैठकमा मोदी सहभागी हुन जाँदै छन् । मोदीले त्यहाँ बसोबास गर्ने भारतीय समुदायलाई सम्बोधन गर्नेछन् । त्यहाँबाट भारतीय प्रधानमन्त्री मोदी न्युयोर्क पुग्नेछन् ।

मोदी यस वर्षको संयुक्त राष्ट्रसंघको महासभामा भने सहभागी हुनेछैनन् । भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त राष्ट्रसंघको शिखर सम्मेलनमा भारतको प्रतिनिधित्व गर्ने र सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

७ असोज अर्थात् २३ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री मोदीले भविष्यको शिखर सम्मेलनमा भाग लिएर नयाँ दिल्ली फर्कनेछन् । मोदी भारत फर्किनुअघि २२ सेप्टेम्बरमा ५ मिनेटका लागि भए पनि ओलीसँग भेट गराउने प्रयासमा परराष्ट्रमन्त्री राणा लागिपरेकी छन् । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि पार्वथनेनी हरिशसँग न्युयोर्कमा छलफल गरी दुई नेताबीचको भेटवार्ताको सम्भावना’bout खोजी गरिरहेका छन् । ‘दुई देश र जनताबीचको गहिरो र पुरानो सम्बन्धलाई रेखांकित गर्दै संयुक्त राष्ट्रसंघमा भारत–नेपाल साझेदारीलाई अगाडि बढाउन दुवै सहमत भएका छन्,’ थापा र हरिशबीचको भेटपछि संयुक्त राष्ट्रसंघका लागि भारतको स्थायी नियोगले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

यसअघि थाइल्यान्डमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनका क्रममा ओली र मोदीबीच भेटवार्ताको तयारी भइरहेको थियो । थाइल्यान्डको आकस्मिक राजनीतिक फेरबदलका कारण शिखर सम्मेलन स्थगित भएको थियो ।

सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक नहुने
भारत–पाकिस्तानबीचको तिक्तताका कारण न्युयोर्कमा यसपटक पनि दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक नहुने भएको छ । पछिल्लो एक दशकमा भारत र पाकिस्तानबीच द्वन्द्व छ । त्यस्तै, अर्को सदस्य राष्ट्र अफगानिस्तान’bout हालसम्म कुनै निर्णय हुन नसकेको अवस्था छ ।

‘हामीले अफगानिस्तानबाहेक लगभग सबै सदस्य राष्ट्रहरूबाट सहमति प्राप्त गरेका छौं, जसलाई दक्षिण एसियाली समुदायले अझै मान्यता दिएको छैन,’ परराष्ट्र मन्त्रालयका सहसचिवले भने । भारत सहभागी नहुने भएकाले यस वर्ष पनि बैठक नहुने उनले बताए ।

नेपाल सार्कको वर्तमान अध्यक्ष हो । सम्मेलन हुन नसक्दा क्षेत्रीय समूहमा नेपाल एक दशक लामो समयसम्म अध्यक्ष बनेको छ । यसपटक पनि बैठक नबस्ने हो भने संयुक्त राष्ट्रसंघको वार्षिक साधारणसभामा प्रायः निर्धारित सार्क मन्त्रिपरिषद्को बैठक बस्न असफल भएको यो लगातार पाँचौं वर्ष हुनेछ ।

भारत र पाकिस्तानबीच लामो समयदेखि चलिरहेको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्रीय संगठन सार्क निष्क्रियजस्तै बनेको हो । १९औं शिखर सम्मेलन पाकिस्तानमा हुने तय भए पनि सीमापार आतंकवाद र भारतीय सेनाको बेसमा भएको आक्रमणका कारण रद्द भएको थियो । विगत ८ वर्षमा नेपाली पक्षले समूहको अध्यक्षता हस्तान्तरणका लागि कुनै प्रयास नगरेको आरोप छ ।

भारत र पाकिस्तानबीचको दुस्मनीका कारण सन् २०१६ देखि सार्कका सम्पूर्ण प्रक्रिया ठप्प छन् । न्युयोर्क बैठक, शिखर सम्मेलनसहित उच्चस्तरीय बैठकहरूमा ‘टोन–सेटर’ मानिन्छ । यसअघि सन् २०२०, २०२१, २०२२ र २०२३ मा पनि बैठक भएको थिएन । सन् २०१९ मा भारत र पाकिस्तानका विदेशमन्त्रीहरूले ७४औं संयुक्त राष्ट्र महासभाको आयोजित सार्क मन्त्रिपरिषद्को बैठकमा एक अर्काको सम्बोधन बहिष्कार गरेका थिए ।

सन् २०२० मा भने कोरोना महामारीका कारण भर्चुअल रूपमै सो साइडलाइन बैठक भएको थियो । त्यसबेला तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकको नेतृत्व गरेका थिए । बैठकमा भारत र पाकिस्तानका प्रतिनिधि सहभागी थिए । बैठकले सदस्य राष्ट्रहरूले क्षेत्रीय एकीकरण बढाउने प्रतिबद्धता व्यक्त गरे, तर कुनै ठोस प्रगति हुन सकेन ।

त्यसपछि नारायण खड्का (सन् २०२१ को ७६औं महासभा) सदस्य राष्ट्रहरू उपस्थित हुन सहमत नभएपछि अन्तिम मिनेटमा बैठक रद्द गरियो । सार्कको परम्परानुसार कुनै एक सदस्य राष्ट्रले आपत्ति गरे पनि बैठक वा शिखर सम्मेलन अघि बढ्न सक्दैन । एनपी साउद परराष्ट्रमन्त्री (सन् २०२३ को ७८औं महासभा)मा सहभागी भए ।

दुवैले महासभाका दौरान साइडलाइन बैठक गर्न खोजे । साथै, सन् २०२२ मा ७७औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तत्कालीन परराष्ट्र सचिव भरतराज पौड्याल न्युयोर्क गएका थिए । सो अवसरमा पनि मन्त्रीस्तरीय बैठक भएन ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर