कपिलवस्तु,। सर्प दंशका बिरामी बढ्न थालेपछि बुद्धभूमि नगरपालिकाले प्रभावित क्षेत्रहरूमा जनचेतनाका कार्यक्रम सुरु गरेको छ । सर्प दंशको प्राथमिक उपचार र लक्षण ’bout सामान्य ज्ञान नराख्दा कपिलवस्तुमा प्रत्येक वर्ष सर्प दंशका कारण मानिसहरूले अकालमै ज्यान गुमाउने गरेका छन्।
सर्पको टोकाई बाट बच्न के गर्ने, सर्पले कसरी डस्छ ? कुन बेलामा सर्प बढी सक्रिय हुन्छ ? र सर्पले डसेपछि कसरी प्राथमिक उपचार गर्ने जस्ता विषयहरूमा पालिकाले जनचेतना फैलाएको छ। गाउँ टोल र बस्ती सम्म सचेतना फैलाउन विद्यालय स्तर बाट सहज हुने भएकाले विद्यालय र टोल टोलमै माइकिङ गरेर सचेतना फैलाइएको कपिलवस्तु सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए।
सर्पले टोकिसकेपछि गर्नुपर्ने कार्य, कुन र कस्ता प्रकृतिका सर्पले डस्दा विष लाग्ने ’bout जानकारी गराइएको भण्डारीले बताए। सर्पले टोकेमा आँखाले माथितिर हेर्न गाह्रो हुने, आँखा बन्द हुने, टाउको दुख्ने,मुखमा फिँज आउने, पेट दुख्ने, बान्ता हुने, बेहोस हुने र सास फेर्न गाह्रो हुने लक्षण देखिने गर्छन्। सास फेर्न गाह्रो भएर नै बिरामीको मृत्यु हुने गर्छ।सर्प दंश बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने गरेको तथा गाउँघरमा गरिने अन्धविश्वासको पद्धति नअपनाई सर्प दंश बिरामीलाई छिटो भन्दा छिटो नजिकैको सर्प दंश उपचार केन्द्रमा पुर्याउनुपर्ने भण्डारीले सुझाए।
सर्प दंशका बिरामीको उपचारका लागि सर्प दंश उपचार केन्द्र रहेको बताउँदै सर्पले टोकेका बिरामीलाई घरेलु उपचार गराउने र झारफुक गराउने कार्यले पनि कतिपय बिरामीको मृत्यु भएको पाइएकाले सर्पले डसेको आसंखा भए पनि सर्प दंश केन्द्रमै जानुपर्ने बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । सर्प दंशबाट बच्न व्यक्ति स्वयम सचेत हुन आवश्यक रहेको सुझाउँदै राती सुत्दा, अँध्यारोमा बाहिर निस्किदा वा अन्य विभिन्न कार्य गर्दा सावधानी अपनाउन तथा सर्पले टोकिहालेमा प्राथमिक उपचारको सामान्य ज्ञान हुनु अत्यन्त आवश्यक रहेको नगर प्रमुख श्रेष्ठले बताए ।
शम्सेर दल गण गोरुसिङ्गेको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको छ। कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिङ्गेबाट १४ हजार बढिले उपचार सेवा लिएका छन्। सर्प दंश उपचार केन्द्र गोरुसिङ्गेमा छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुम र छिमेकी मुलुक भारत बाट समेत उपचारका लागि आउने गरेका छन् ।






