राजविराजमा यौन धन्दाको आशंकामा ३ महिलासहित ५ जना पक्राउ

सप्तरी । राजविराजको मुख्य हाटबजार वडा नं ७ स्थित मुनलाइट होटल एण्ड लजबाट शनिबार तीन महिलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

होटलमा यौन धन्दा हुने गरेको स्थानीयको सूचनाको आधारमा खटिएको टोलीले तीन जना महिला र दुई जना पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । होटलका संचालक अर्जनु चौधरी र मिथिलेश चौधरी भने प्रहरी आएको चाल पाएपछि फरार भएको स्थानीयले बताएका छन् ।

पक्राउ परेकाहरुको नाम अहिले गोप्य राखिएको छ । उक्त होटमा लामो समयदेखी यौन धन्दा संचालन भइरहेको स्थानीयको गुनासो पश्चात् प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

उनले प्रहरी पुग्दा पक्राउ परेकाहरु आपत्तिजनक अवस्थामा भने नरहेको तथा नियन्त्रणमा राखी यौन धन्दामा संलग्नता रहे–नरहेको ’bout अनुसन्धान भइरहेको बताए ।

स्थानीयले भने पक्राउ परेकाहरु यौन गतिविधिमा संलग्न रहने गरेको दाबी गर्दै संचालकलाई पटक पटक सचेत गराउँदा पनि वेवास्ता गरि यौन धन्दा संचालन गरिरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ