ओष्कार अवार्डमा नेपालको तर्फबाट चलचित्र ‘शाम्बाला’

काठमाडौं । आधा दर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा उत्कृष्ट अवार्ड जितेको नेपाली चलचित्र शाम्बाला गत साताबाट नेपालमा प्रदर्शन भईरहेको छ । यो चलचित्र यतिबेला नेपालबाट हलिउडको ओष्कार अवार्डको लागि चयन भएको छ ।

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा शाम्बालालाई छनोट गरिएको शनिबार एक बिज्ञप्तिी मार्फत छनौट समितिले जनाएको छ ।

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र शाम्बालालाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गर्न चयन गरिएको जानकारी दिएका छन् ।

राजुको अध्यक्षतामा रहेको ओस्कारका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले दिएको जानकारी अनुसार यस वर्ष ओस्कार प्रतिस्पर्धाका लागि शाम्बालाको मात्र निवेदन परेको थियो । सो निवेदनको आधारमा चलचित्र शाम्बालालाई चयन गरिएको हो । समितिका अनुसार चलचित्र शाम्बालाले ओस्कार अवार्डका सबै मापदण्डहरू पूरा गरेको छ ।

‘चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक बुनोटलाई विशेष ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो। नेपाली चलचित्र जगतमा यस चलचित्रको विशिष्ट स्थान रहने विश्वास गरिएको छ ।’ छनौट समितिका अध्यक्ष राजु केसीले भनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण