‘खोई कहाँ छ सरकार !’

हामीले कहिले राहत पाउँछौं सरकार । लकडाउनले गर्दा काम नहुँदा राहतकोे आशामा पर्खिरहेका दैलेख आठविस नगरपालिका–१ सुकिपिउलीका दलित समुदाय । तस्वीर : भक्तबहादुर शाही /दैलेख

दैलेख । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन पछि आठविस नगरपालिका–१ सुकिपिउलीमा बस्दै दिपा दमाईको एक हप्तादेखी चुल्हो बलेको छैन । दिपालाई आफन्तले चामल,नुन तेल पैचो केही दिनसम्म पैचो दिए । पैचो चामलबाट उनले जहान परिवार पालिन । सरकारले वैशाख १५ लकडाउन थपे गरेपछि सुकिपिउलीका अन्य व्याक्तिले पनि दिपाको जस्तै पिडा भोग्नु प-यो । जहान परिवार पाल्न दतिल बस्तीले साहुँ महाजनबाट आफुसँग भएको पैसाले अन्न खोजेर ल्याए । त्यहीले गुजारा चलाए । केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्यौं, हातमुख जोर्न पाइएन, नरबहादुर नेपालीले पिडा सुनाए ।

केहीले त बर्षातमा साहुँको खेतबारीमा रोप्नेरी, बाउसेको काम गरीदिने बाचा गरेर अन्न ल्याएको बलबहादुर दमाईले बताए । अब के भनेर ल्याउने, अन्न खोज्न जाउ भने गोजी (पाकेट) खाली छ । काम गरेर पैसा आउने हो । काम नहुँदा कसरी पैसा हुन्छ,बलबहादुरले गुनासो पोखे । ‘एक महिना पुग्यो,काम गर्न नपाएको भकारीमा अन्न छैन,बारी बाँझै छ । राहत आउँछ भनेको नगरपालिकाकाले धेरै भयो । तर अहिलसम्म आएन । यस्तै हो भने, ‘रोक भन्दा पहिला भोकले मरिने भो’ । हामी गरिवलाई महिनौं दिनसम्म यति पिडा र दुःख पर्दा पनि स्थानीय सरकारले नहेरेको गुनासो गरे । जुनसुकै व्याक्तिले पनि हुने खाने र पहुँच भएकालाई सहयोग गर्ने हुन । हामी गरिबको छ । हाम्रो सरकार भएको भए त हाम्रा दुःख पिडा बुझेर राहत दिदो हो ।’ उनले भने, “खोई कहाँ छ हाम्रो सरकार ।”

नेपाल सरकारले घरबाट बाहिर नआउनु रोग लाग्छ भनेर हामीले घरमै बस्यौं । तर रोग भन्दा छिटो हाम्रो बस्तीमा भोक आई पुग्यो,हाँसे दमाईले बताए । लकडाउन सँगै गाउँघरमा विकास निर्माणका काम बन्द हुँदा सबै भन्दा पहिला आफ्नो समुदायलाई छाक टार्न समस्या प¥यो । काम नगरी कसले खान दिन्छ । सिचाई अभावले सुकिपिउली बस्तीमा बर्षे बाली बाहेक अरु केही हुदैन । भकारीमा अन्न छैन,काम गरौं भने सबै बन्द छ । कसरी जहान परिवार पाल्ने,सक्नुहुन्छ भने,सरकारलाई छिटो चामल पठाईदिनु भन्नुहोला ।

तर पनि सरकारले लगाएको लकडाउनलाई आफ्नो समुदायले घरमै बसेर सहयोग गरेको उनीहरु बताउँछन । ‘हामीले त सरकारलाई भोकै बसेर पनि सहयोग ग¥यौं, सरकारले हामीलाई कहिले सहयोग गर्ने हो । छोराछोरीलाई भोक लाग्यो भनेर हैरान गर्छन,’ अर्का हरिबहादुर नेपालीले दुखेसो पोखे ।

विश्वव्यापी फैलिएको कोरोना भाईरसबाट बच्न नेपाल सरकारले नेपालभरि लकडाउन लगाउँदा प्रत्यक्ष मारमा ज्यालामजदुरी गरेर जिविका चलाउने परिवारमा परेको आठविस नगरपालिका –१ का चन्द्रबहादुर शाहीले बताए । कतै काममा जाउभन्दा पुरै काम बन्द छ । घर जहान परिवारलाई पैसा कमाउन भारत छिरेका विचबाटोमै अलपत्र छन् । दलित बस्तीहरु दोहोरो चिन्तामा छन् । एकातिर आफन्त कहिले घरफर्किने हुने भन्ने अर्को के खाने भन्ने चिन्ता छ , नगरपालिकाले छिटो भन्दा छिटो राहत वितरण गर्नुपर्ने शाहीको भनाई छ ।

लकडाउन अवधिभर सुकिपिउली बस्तीमा एक घर एउटा साबुन बाहेक अरु केही नपाएको जसु नेपालीले बताईन । साबुन दिएर के काम पिउने त पानी छैन । हातमुख धुने कहाँ पानी पाउनु,साबुन साटो पानी ल्याइएको भए । तरकारी लगाएर विक्री गर्न थियौं । बस्तीले चिनेगाड खोलाबाट नै पानी पिउने गरेको जसुले जानकारी दिइन । एकघण्टा टाढाबाट पानी ल्याउनुपर्छ । हातमुख धुनका लागि कहाँ पानी पाउनु,उनले भनिन् ।

लकडाउन प्रत्यक्ष मारमा ज्याला मजदुरी गरेर खाने सुकिपिउलीका दलित समुदायलाई मात्र नभई नगरपालिकाका सबैलाई राहत वितरणको लागि पहल भईरहेको आठविस नगरपालिका नगरप्रमुख खडगराज उपाध्यायले बताए । उनले भने, हामीले नगरका विपन्न, अपांग परिवारको सामान्य लगत ल्याईसकेका छौं । शनिवार नै कार्यापालिकाको बैठक बसेर कहिले वितरण गर्ने टुङ्गो लगाईन्छ । जे होस एकदुई दिनभित्र नगरपालिका कोही पनि नागरिकले भोको भए भनेर सुन्नु पाउनु हुदैन, प्रमुखले भने ।

लकडाउन भएको झण्डै एक महिना वित्न लाग्दै स्थानीय सरकारले राहत वितरण नगरेको भन्दै आठविस नगरपालिका–१ का सुकिपिउली बस्तीका दलित समुदायले सरकारको खोजी गर्न थालेका छन् । ज्यालामजदुरी गरेर जीवन धान्दै आएका दलित समुदायले राहत नपाउँदा स्थानीय सरकारको खोजी गर्न थालेका हुन् । २०४० सालबाट साविकको सात्तला ६ मा आएको बाढीपहिरोबाट विस्थापित भएर २१ घरधुरी रहेको दलित बस्तीमा २५० जना जनसंख्या रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन