गुल्मीमा कुकुरलाई रेविजबिरुद्धको खोप

गुल्मी । गुल्मीमा भुस्याहा कुकुरले आतकं मच्याउन थालेपछि कुकुरलाई रेविजबिरुद्धको खोप लगाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र विभिन्न पालिकाहरुको समन्वयमा खोप अभियान संचालन गरी कुकुरलाई खोप लगाइएको हो ।

यस अभियानअन्तरगत जिल्लाका सामुदायिक र घरपालुवा गरी कुल एक सय ५० कुकुरलाई खोप लगाइएको छ । जसमा सदरमुकाम तम्घास समेत रहेको रेसुङ्गा नगरपालिकामा ७०, धुर्कोट गाउँपालिकामा ३० तथा रुरुक्षेत्र गाउँपालिकामा ५० कुकुरलाई रेविजबिरुद्धको खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिए ।

असौज छ गतेदेखि सुरु भएको रेबिजबिरुद्धको खोप लगाउने अभियानको पशु चिकित्सक डा. नविना ढकालले तम्घासमा कुकुरलाई खोप लगाएर सुरु गरिन् । रेबिज मानिस तथा जनावरहरुमा लाग्न सक्ने प्राणघातक, शतप्रतिशत मृत्युदर भएको जुनोटिक रोग रहेको एक प्रकारको रोग हो । यसले केन्द्रीय स्नायु प्रणालीमा असर गरी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्ने भएकोले यो रोग मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको छ ।

गुल्मीमा विगतका बर्षमा कुकुरको टोकाइबाट नागरिकले ज्यान गुमाउनुपरेको थियो । सोही विषयलाई मध्यनजर गर्दै त्यस्ता घटना दोहोरिन नदिनका लागि खोप अभियान संचालन गरिएको केन्द्रका प्रमुख पाण्डेयले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ