काठमाडौं । मुलुकमा लकडाउनको क्रम बढेपछि ज्याला मजदुरी गर्नेहरुलाई सँकट पर्न थालेको छ । चलचित्रसँग सम्बन्धित सिने मजदुर तथा प्राविधिकहरुका लागि नेपाल चलचित्र प्राविधिक संघले सहयोग गरिरहेको छ । तर बिपन्न कलाकार तथा अन्यलाई अहिले निकै गाह्रो परेको भन्दै अभिनेत्री रिया श्रेष्ठ खाधान्न सहयोगमा उत्रिएकी छिन् ।
लामो समयदेखि बिरामी परेको पौढ र असाहाय ११ जना कलाकारलाई अभिनेत्री रिया श्रेष्ठले व्यक्तिगत रुपमा खाधान्न र ग्यास समेत सहयोग गरेकी छिन् । अग्रज कलाकारहरुसँग बिरामी र विपन्न कलाकारहरुको नाम र ठेगाना माग्दै उनले यस्तो सहयोग गर्न थालेकी हुन् । हरेक बिपन्न र लामो समयदेखि बिरामी परेका कलाकारहरुलाई अभिनेत्री रियाले चामल, दाल, चिउरा, अन्डा, तरकारी, नुन तेल र ग्यास समेत आफ्नो स्कुटरमा राखेर घरमै प¥याउने गरेकी छिन् ।

‘नेपाली चलचित्र क्षेत्रमा बिपन्न कलाकारहरु राहत मागेर खाने अबस्थामा छैनन् । यतीबेला उहाँहरुको समस्या हामीले नै बुझ्नु पर्छ । त्यसैले लामो समयदेखि बिरामी पर्नु भएका, आर्थिक सँकटका कारण खान नै समस्या परेका कलाकारहरुको सूची तयार गरेर मैले सहयोग प्रदान थालेकी हुँ ।’ अभिनेत्री रियाले राजधानीलाई बताइन् ।
लक डाउन सुरु भएको दोश्रो साताबाटै ज्यालामजदुरी गर्नेहरु भोकै बस्नु परेको समाचार आएपछि उनले मजदुरहरुलाई खाद्यान्न वितरण सुरु गरेकी थिईन् । सोही क्रममा काठमाडौंको केयर बालगृहबाट समेत अनाथ बालबालिकालाई खान भएन भनेर फोन आएपछि आफुले नयाँ वर्षको अबसरमा त्यहाँ रहेका अनाथ बालबालिकाको लागि केही समय पुग्नेगरी आबस्यक खाद्यान्न वितरण गरेको उनले बताईन् । तर यतीबेला चलचित्रका विपन्न कलाकारहरुलाई बाँच्न गाह्रो भएको जानकारी पाएपछि अहिले आफ्नै क्षेत्रका कलाकारलाई सहयोग गर्न तर्फ लागेको पनि उनले बताईन् । एक दर्जन नेपाली फिल्म खेलेकी रियापछिल्लो समय देश बिदेशका स्टेज कार्यक्रमा सक्रिय थिईन् । कोरोनाको कारण चैत र बैशाखमा हुने आफ्नो मलेशिया, हङकङ, जापान र कोरियाको कन्सर्ट कार्यक्रम रद्ध भएको पनि उनले बताईन् ।