त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले आधा किलो बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हो ।

कतारको दोहा हुँदै काठमाडौं आएका ४२ वर्षीय मोहम्मद चेरा थोडीबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।

यस्तै, कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन् । पक्राउ परेका बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारीको साथबाट ६९.६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ