सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु

सिन्धुली । असोज ११ र १२ गते सुनकोशी नदिमा आएको बाढीका कारण भत्किएको सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माणको काम शनिबारदेखि सुरु भएको छ ।

मध्यपहाडी राजमार्गमा पर्ने र सिन्धुली रामेछाप जोड्ने यो पुलको निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । नेपाली सेनाले पुलको सर्वेक्षणको काम शुक्रबार हेलिकप्टरबाट गरेको थियो ।

हेटौडाबाट बेलिव्रिजको सामान लिएर हिडेका गाडी शनिबार दिउँसो खुर्कोटमा पुगेपछि निर्माणको काम सुरु भएको हो । अस्थायी रुपमा यातायात सञ्चालनका लागि सरकारले बेलिव्रिज निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको थियो ।

बाढीले सुनकोशी नदीमा रहेको पक्किपुल रामेछापतर्फको आधा भाग बगाएको थियो । रामेछाप तर्फको पुलको मुख्य पिलर भने बाढीले बगाएको छैन । यो पुल रामेछापको लाईफलाईनका रुपमा पनि लिईन्छ । दशैं अगाडि नै पुल सञ्चालनमा ल्याउने गरि पुल निर्माणको काम सुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई ‘जापान काण्ड’ महँगो पर्ने संकेत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसमा आज कत्लकी रात : रक्सि, मासु र पैसाले नतिजा उल्टिन सक्छ