चित्तल बोकेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

दार्चुला । बिरामीका लागि प्रयोगमा ल्याइने एम्बुलेन्समा चित्तल भेटिएको छ । बैतडीको डिलासैनी गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सभित्र प्रहरीले चित्तल भेटाएपछि नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजारबाट उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र सिंह साउदले जानकारी दिए ।

गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१—००१ झ ३४६ नम्बरको एम्बुलेन्समा मृत अवस्थामा रहेको चित्तल ल्याइरहेको विशेष सूचनाका आधारमा चेक जाँच गर्दा एम्बुलेन्सभित्र चित्तल भेट्दा नियन्त्रणमा लिएको उनले बताए । उक्त एम्बुलेन्स सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले वितरण गरेको हो ।

‘मृत अवस्थामा रहेको चित्तल एम्बुलेन्समा राखेर ल्याउँदै गरेको एम्बुलेन्स र चालक महेश बोहरालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि चौलानी सव डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

पक्राउ परेका चालक र चित्तल थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला पठाउने तयारी भइरहेको चौलानी सव डिभिजन वन कार्यालय गोकुलेश्वरका कार्यालय प्रमुख परमानन्द कुँवरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)