मिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले देखाए ट्यालेन्ट

काठमाडौं । आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालले यसपटक पनि प्रतिनिधित्व गर्ने भएको छ । हाल प्रशिक्षण जारी रहेको विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ की बिजेताले मिसेस वल्र्डमा नेपालबाट भाग लिने छिन् ।

सोही प्रतियोगिताको लागि अहिले २९ जना प्रतियोगी विविध प्रशिक्षणमा छन् । यसै क्रममा यो प्रतियोगिताको प्रतियोगीले काठमाडौंमा आयोजित ट्यालेन्ट राउण्डमा आफ्नो फरक फरक प्रतिभा प्रदर्शन गरेका छन् । प्रतियोगीहरु प्रतियोगितामा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशिला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सिर्जना व्यञ्जन्कार, अम्बिका गौतम, सुयशा राउत, सहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, अलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सृजना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिमरन कार्की, सारा तामाङ्ग, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टी अर्याल र दीपा बिश्वकर्माले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हुन् ।

ट्यालेन्ट राउन्डमा मिसेस नेपाल वल्र्ड २०२४ मा सहभागी यी २९ प्रतिस्पर्धीहरुले गायन, नृत्य, बतृत्वकला, चित्रकला, योगा, अभिनय, ड्रेस डिजाइनिङलगायतका कला प्रस्तुतु गरेका छन् ।

यो ट्यालेन्ट शोको निर्णायकमा अग्रज अभिनेता तथा नाट्यकर्मी वीरेन्द्र हमाल, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा अधिवक्ता कृष्ण ढुंगाना, गायिक झुमा लिम्बु, अभिनेत्री सिर्जना अधिकारी र संगीतकार दीपक शर्मा थिए ।

यो प्रतिस्पर्धामा उत्कृष्ट हुनेले मिसेस नेपाल वल्र्डको फाईनलमा मिसेस ट्यालेन्ट अवार्ड जित्ने आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताएका छन् । झाका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी आगामी १० कार्तिकमा काठमाडौंको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ ।

रिवन इन्टरटेनमेन्टको आयोजनामा बिगत तीन वर्ष याताबाट हुँदै आएको मिसेस नेपाल वल्र्ड नेपाली महिलाहरुको लागि अन्तराष्ट्रिय मञ्चमा जानको लागि सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता भएको यसका अफिसियल कोरियोग्राफर अश्विनी कान्त झाले बताए । यही कार्यक्रमको लागि हालै अमेरिका पुगेर आएका कोरियोग्राफर झाले यसपटकबाट मिसेस वल्र्डको कार्यविधि र नियममा रहेर आफुहरुले यो प्रतिस्पर्धा गरिरहेको पनि उनले बताए,‘मिसेस वल्र्ड बन्न विश्वका विवाहित महिलाहरुले सपना देख्ने गर्छन । मुलुकका एक सय भन्दा बढी मुलुकका विवाहित महिला सहभागी हुने यो प्रतियोगितामा बिगतको भन्दा नेपालले अझ राम्रो प्रस्तुति दिनेमा हामी विश्वस्त छौं ।’ अश्विनीले राजधानीलाई बताए ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिममा बजेट शून्यता, गत वर्षकै दरमा राजस्व संकलन हुने