नक्कली घुमुवा प्रहरी लागु औषध सहित पक्राउ

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर २ स्थित लालबकैया पुल नजिकबाट प्रहरीले नक्कली घुमुबा प्रहरी भन्ने एक जनालाइ लागु औषध सहित पक्राउ गरेको छ।

प्रहरीको घुमुबा हु भन्दै सर्ब साधारण व्यक्तिलाइ चेकजाच गरी रकम असुल्ने गरेको सुचनाको आधारमा अस्थायी प्रहरी पोस्ट जिगडबा रौतहटबाट खटी गएको गस्ती टोलीले नक्कली घुमुबा प्रहरी भन्नेलाइ लागु औषध सहित पक्राउ गरेको हो ।

आइतवार राती साढे नौ बजेको समयमा प्रहरीले चेकजाच गर्ने क्रममा स्थानीय परोहा नगरपालिका २ निवासी रामअवतार वैठाको छोरा वर्ष ३५ को सुनिल कुमार वैठालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिएका छन्। प्रहरीले पक्राउ परेका बैठाले म प्रहरीको घुमुवा हुँ भन्दै सर्वसाधरणहरुसँग रकम असुल गर्न खोज्नुका साथै बिभिन्न व्यक्तिहरुको जिउ खानतलासी समेत गर्दै गरेको दाबी गरेका छन्।

लालबकैया पुल स्थित शंका लागी रोकी निजको शरीर तथा झोला चेकजाच गर्दा उक्त झोला भित्र नगद रु१७,९३५।-, नाईट्रोभेट ट्याब्लेट १० पिस, प्र२-०३-०१९प९५३७ नं.को मो.सा.थान १, २२ पुरिया ला.औ.गाँजा (२०० ग्राम), मोबाईल थान १ र cocas DX १ बोतल फेला परेकोले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी उपरिक्षक रायले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’ सुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना