बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ