नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी विजय लघुवित्तको शेयर मुल्यमा ९.३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपार श्यांगे हाइड्रोको मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।
 

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङ रावाबेँसीका वपन्न ज्येष्ठ नागरिकलाई सिरक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तामझामसहित मनोनयन