चीनलाई कोरोना आक्षेप

भाइरसको उत्पत्तिलाई लिएर विभिन्न पत्रपत्रिका, टिभी च्यानल, सोसल मिडिया मात्र होइन, सामाजका विभिन्न जमात तथा जिम्मेवार नेता र पदाधिकारीहरू चीन लक्षित दोष देखाएर मजाले बोलिरहेका छन् । भेदभावजनक भाषा, अपमानजनक अफवाहका समाचार फैलाउनुले नयाँ कोरोनाको महामारी कम गर्नभन्दा चीनलाई कोरोना हाउगुजीले अपमान गर्न प्रतिस्पर्धा नै चलेको जस्तो लाग्छ ।

बोस्टन विश्वविद्यालयका प्रोफेसरलाई कोराना बनाएर चीनलाई बेचेको आरोपमा अमेरिकाको एफवीआईले गिरफ्तार गरेको र चीनले कोरोनालाई जैविक हतियार बनाएको भनेर अफवाह पनि फैलाइयो । पछि बुझ्दा त हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा. चाल्र्स लिवरलाई एउटै अनुसन्धानमा अमेरिकी र चीनसँग दोहोरो रकम लिएको आरोपमा २८ जनवरीमा पक्राउ गरिएको रहेछ । स्टा«टेजिक साइनटिस्टका रूपमा वुहान प्राविधिक विश्वविद्यालयमा करारमा काम लिने निज लिवरको कोरोनासँग कुनै सम्बद्धता थिएन ।

अमेरिकाले स्वास्थ्य सामग्री हडपेको विषयमा चुइक्क पनि नगर्ने डब्लूआईओ एन टिभी च्यानल एवं जी टिभीका प्रसारण हेर्दा र केही भारतीय सोसल मिडियाका कुरा सुन्दा तिनीहरू चीनको विरोधी नियत प्रस्ट हुन्छ । भारतीय सोसल मिडिया मात्र होइन मूलधारका टिभी च्यानल पनि अफवाह र गैरजिम्मेवार सञ्चारको लागि प्रसिद्ध छन् । अहिले फेरि केही भारतीय सोसल मिडिया कोराना अनुसन्धान गर्न अमेरिकाले चीनलाई रकम दिएको रे भन्दै छन् । त्यहाँका प्रिन्ट मिडियाचाहिँ अलि धेरै जिम्मेवार देखिएका छन् ।

‘माइ प्राइमिनिस्टर नरेन्द्र मोदी’ किताबका लेखक ‘रअ’का पूर्वअधिकृत एनके सुदलाई पढ्दा वा सुन्दा कोरोना माहामारी ‘चीनको गेम प्लान’ पो रहेछ भन्ने श्रोता-पाठकलाई अहिलै नै विश्वास लाग्न सक्छ । पाकिस्तान समर्थक चीनको विरोध गर्नु नै ‘बीजेपी शासित भारत’को मित्रशक्ति हो भन्ने मानसिकतालाई सरकारले थाहा नपाएको जस्तोगरी बुझ पचाउँदा कोरानाको नाममा चीन विरोधी अफवाहको मतियार बीजेपी सरकार पनि पो हो कि भन्ने विचार नै सर्वसाधारणले बुझ्छन् ।

अध्ययन, अनुसन्धान र प्रमाणबाट कोरानाको वास्तविक दोषी ठहर भएको अवस्थामा स्पष्टीकरण दिएर उन्मुक्ति पाउनेवाला छैन

सत्यतथ्य प्रमाण र आधारबिना कुनै पनि राष्ट्रको अफवाहयुक्त विरोध गर्न नेपालमा कुनै पनि मिडिया हाउस खडा नहुन् भन्ने हार्दिक चाहना सबैको हुनुपर्छ । राज्यका अरू अंगलाई खबरदारी गर्ने चौथो अंग पो हो त सञ्चार । अफ्रिकी राष्ट्रहरू मित्र भएकाले अफ्रिकन नागरिकप्रति नश्लवादी व्यवहार गरेको छैन । खुसुखुसु न्युक्लियर परीक्षण पनि गरेको छैन भनिरहँदा बीबीसी र गार्जियनजस्ता जिम्मेवार सञ्चारसाधनले चीनको स्पष्टीकरणलाई कम महत्व दिएर समाचार प्रवाह एवं प्रसारण गरेको देखिँदा तथा सुन्दा रुमानियामा चेचेस्क्युविरुद्धको आन्दोलनमा जम्मा ८० जना जतिले शहादत प्राप्त गरेको तथ्यलाई मडारेर बीबीसीले ८ सय प्रदर्शनकारीको गोलीबाट मृत्यु भएको भन्दै प्रसारित समाचारलाई लिएर पूर्वी युरोपका केही वुद्धिजीवीले बीबीसीप्रति गुनासो गरेको भन्ने सुनिएको थियो । जसरी पनि चीनलाई अपजस दिने पश्चिमा रबैया देख्दा अचेल त्यो गुनासो सही पो रहेछ कि कसो भन्ने खुल्दुली हुन थालेको छ ।

डेनमार्कको पत्रिका ‘जटलैन्ड पोस्ट’को एक कार्टुनमा चीनको झन्डामा अंकित पाँच ताराको ठाउँमा पाँच कोरोना भाइरस राखेर युरोपमा प्रसार गरियो । कोरोना कहरपछि कोरियन हेराल्डमा चीनको मुद्रा १ सय युआनको बैंक नोटमा माओले सर्जिकल मास्क लाएको छविसहितको प्रकाशित लेखलाई नेपालको एक दैनिकले हुबहु बिम्बसहित पुनः प्रकाशित गरेपछि विवादमा प¥यो । सशस्त्र द्वन्द्वको बखत हिमाल खबर पत्रिकाले माओले नेपाली ढाकाटोपी लाएको छवि कभर नै बनाएको थियो, त्यतिबेला विवादमा आएन । कोरियन हेराल्डको लेखलाई नेपाली अखवारमा पुनः प्रकाशित गर्नु आवश्यक थिएन भन्ने धेरैलाई लागेको हुन सक्छ ।

युरोपमा सबैभन्दा बढी बिक्री हुने पत्रिका ‘डेर स्पिगल’ले कोरोनालाई मेड इन चाइना भनेर कभरेज दियो । वाल स्ट्रिट जर्नलले ‘चाइना इज द रियल सिकमैन अफ एसिया’ शीर्षकको लेख प्रकाशित ग¥यो । चीनले कोभिड–१९ ’bout समयमै जानकारी नदिएकाले त्यहाँका विद्यार्थीलाई पनि बेलायती विश्वविद्यालयमा अध्ययन अनुसन्धानको लागि सुविधा नदिनलगायत हुवेको फाइभ–जी परियोजना रोक्ने सम्बन्धमा पनि कोभिड–१९ संकटपछि चीनसँग आफ्नो देशको सम्बन्ध’bout पुनर्विचार गर्दै खुम्च्याउनुपर्ने बेलायतका एम १५÷१६ जस्ता सुरक्षा र रक्षासम्बद्ध समुदाय र केही राजनीतिक दलका सदस्यले सुझाव दिएको समाचार द गार्जियनमा प्रकाशित भएको छ ।

फाइनान्सियल टाइम्समा प्रकाशित समाचारअनुसार युरोपियन नियोगकी उपप्रमुख माग्र्रेथ वेस्टगरले कोरोना महामारीको संकटबाट धरापमा परेका कम्पनीलाई चीनले लिन सक्ने जोखिम रहेको तर्पm ध्यान दिएर चीनलाई अघि बढ्न दिन नहुने सुझाव व्यक्त गरेकी छन् । बेलायत र अमेरिका अहिले चीनको व्यापक विरोधमा लागेका छन् ।

‘फाइभ–जी टेक्नोलोजी भाइरस’ भनेर बेलायतमा चिनियाँ मोबाइल खरिद नगर्ने भन्दै केही अराजक जमातले सोसल मिडियामा कोरोनालाई जोड्दै चीनको फाइभ–जी प्रविधिको विरोध गरे । बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले अब कोरोना चीनबाट नेपालमा हैन, बरु नेपालबाट चीनलाई जोखिम छ भन्दै चीनलाई नकारात्मक नबनाउन तातोपानी नाका खोल्ने नेपाल सरकारको निर्णयलाई विरोध नगरौं भनेर अहिलेको परिस्थितिमा नाका नखोल्न विरोधमा उत्रेका जनसमुदायलाई सम्झाउन सकिरहेका छैनन् ।

भारतका उत्तरपूर्वी राज्यका चाइनिजजस्ता देखिने भारतीय महिलालाई ‘ओ देखो कोराना आया’ भन्दै दिल्लीमा श्यामवर्णका युवाहरूले जिस्काएपछि सिक्किमका महिलाले चडकन चिउरा चखाए छन् । गोरो छाला, थेप्चो नाक, सिलिक्क परेको कपाल हुने जति महिला चिनियाँ हुन् भन्ने ठानेर डेरा खोज्न गएका थाई छात्रालाई भारतको अलिगढमा कोरोना कोरोना भनेर पनि जिस्क्याए ।

स्वच्छन्दता, अनियन्त्रित स्वतन्त्रता, भौतिक सुखसयलको मस्तीमा डुबेका मानिस हुन् वा दैनिक मजदुरीबाट गुजारा गर्ने श्रमिक हुन् सबैलाई अहिले कोराना कहर चीनको योगदान हो भन्ने भान परेकोले तिनलाई अहिले चीन दुखेको छ । मंगोल नश्ल अहिले केही अफ्रिकीलगायत विश्वका अन्य मुलुकका हुल्लडबाजको विरोधको विषय भएको छ । भोलि ए ! त्यसो पो रहेछ भनेर पछि चित्तको सही पुनरावृत्ति भए पनि वर्तमान कष्टकर जीवन व्यवहारले तत्कालको विरोध परिस्थितिलाई नै आत्मसात् गर्छ । यो मानवीय स्वभाव हो । चीन सरकारले पनि यसलाई स्वाभाविक रूपमा लिएको देखिन्छ ।

साउदी अरबबाट नेदरल्यान्ड हुँदै क्यानडा पुगेर त्यहाँ कार्यरत चिनियाँ वैज्ञानिकले चोरेर ल्याएको चीनस्थित विश्व स्वास्थ्य संगठन÷डब्लूएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयसस कम्युनिस्ट भएकाले चीनले आफैंले सिर्जना गरेको भाइरसको सन्दर्भमा चीनको बचाव गरेको भनेर चीनविरोधी सबैखाले मिडियाका गफ गर्ने विषय भएको छ । डब्लुएचओले सुरुमा गम्भीरता नलिएको भनि यसलाई ‘ब्रोस्ट हेल्थ ओर्गनाइजेसन’ भनेर पनि सोसल मिडियामा टिप्पणी गरियो ।

आफूले सक्रियता अवलम्बन गरेर सत्यतथ्य बुझेर विश्वलाई समयमै अवगत गराउनुपर्नेमा चीनको भनाइलाई मात्र आधार मानेर हिँडेको, चीनलाई बढी ध्यान दिएको, समयमै जानकारी नगराएको जस्ता आक्षेप भोगेको यो संस्थाका महानिर्देशकले ‘भाइरसमाथि राजनीति नगरी चीन एवं अमेरिकाबाट इमानदार नेतृत्वको अहिले आवश्यकता रहेको र शक्तिशाली देशले अरूलाई बाटो देखाऊन्’ भनेर अनुनय विनय प्रदर्शित गर्दैमा सहजै उन्मुुक्ति नपाउने छाँटकाँट अहिले रोक्नु मानवताविरुद्ध अपराध हुन्छ भन्ने विश्वको चासोलाई वास्ता नगरी ट्रम्प प्रशासनले फंडिङमा रोक लगाएबाट प्रस्ट हुन्छ । नेपालमा केही राजनीतक विश्लेषकले डव्लूएचओका प्रमुख चीनको भिटोमा पदवहाल गरेकाले चीन पक्षधर हुन् भन्ने स्टाटस फेसबुकमा राखेको देखियो । अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग भखैरै एसियाली देशका सम्पादकले गरेको गोलमेच संवादमा नेपालका कुन्दनमणि दीक्षितले डब्लूएचओको भूमिकासम्बद्ध जिज्ञासा राख्नुभएको थियो । यो संवाद कार्यक्रममा कोरोना महामारी सम्बन्धमा चीनको अपारदर्शी व्यवहारको आलोचना गरिएको थियो ।

यो स्वास्थ्य संस्थासहित यूएनओलाई पनि सुधार गर्नुपर्छ भन्ने आवाज कोरोना कहरभन्दा पहिलेदेखि नै उठेको छ । चीन र डब्लूएचओ साँचिकै अत्तालिएर अलमलिएका पो थिए कि नियत नै खराब थियो भन्ने जिज्ञासालाई समयले कुनै बेला उजागर गर्ने नै छ । अहिले यस संगठनले आफूले यस अवधिमा गरेको कामको अवधिगत फेहरिस्त प्रस्तुत गरेर सफाइ दिँदै छ ।

सत्यतथ्य प्रमाण र आधारबिना कुनै पनि राष्ट्रको अफवाहयुक्त विरोध गर्न नेपालमा कुनै पनि मिडिया हाउस खडा नहोऊन् भन्ने हार्दिक चाहना सबैको हुनुपर्छ

वुहानमा दैनिक २६ हजार कोराना संक्रमितको मृत्यु हुने गरेको लाखौं मरेको कुरालाई चिनियाँ सरकारले लुकाएको भन्दै चीनलाई ‘वैश्विक नेता बनाउनका लागि’ तथा ‘हङकङको आन्दोलन दबाउन’ चीन आफंैले जन्माएको भाइरसले अब ‘सी चीनफिङको तख्ता पल्टाउने’सम्म सोसल मिडियामा भन्न भ्याइएको देखियो । पोम्पेओको एसियन सम्पादक संवादमा पनि ४० हजार प्लसको मृत्यु भएको कुरालाई चीनले लुकाएको भन्ने प्रश्न पनि उठेका थिए ।

‘द आइज अफ डार्कनेस’ थ्रिलर उपन्यासमा अमेरिकी लेखक डिन कुन्जले भविष्यवाणी गरेजस्तोे जैविक हतियार वुहान–४००’ (१९८१ को प्रथम संस्करणमा गोर्की ४००’ र पछि १९८९ को संस्करणमा नाम परिवर्तन गरिएको) नाम राखिएको भाइरसजस्तै यो पनि ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट चुहेको’ भाइरस हो भन्ने चर्चा पनि चल्यो ।

जापान चीन युद्धमा मन्चुरियामा जापानले जैविक हतियार प्रयोग गरेको आशंका गर्दै १९५१ मा प्रम चाओ एन लाइले जैविक हतियार’bout चासो राखेका थिए रे भन्ने चलेको चर्चालाई लिएर नयाँ कोरोना चीनको जैविक हतियार हो भनेर दावा गर्ने बुद्धिजीवी पनि फेला परेका छन् । दैनिक १ सय १६ मिलियन मास्क उत्पादन गर्ने चीनले आफूले थुपारेर राखेको नबिकेका मास्क पठाएर ‘मास्क डिप्लोमेसी’ अपनाउँदै ‘सफ्ट पाओर’ बनिरहेको भनेर नकारात्मक टिप्पणी गर्नेलाई पनि छुट छ अहिले । २० ट्रिलियन डलर चीनसँग क्षतिपूर्ति माग्दै मुद्दा हाल्न फ्लोरिडाका वकिललाई कसैले रोकेको छैन ।

अमेरिकाले वुहान–चिनियाँ भाइरसजस्ता शब्द प्रयोग गर्न थालेपछि मात्र ‘अमेरिकी सैनिकले अक्टोबरमा वुहानमा भित्राएको’ अमेरिकी कन्सोलेटले वुहानमा प्लास्टिक बाक्सामा ल्याएको जैविक सामग्रीमा लुकाएर आएको, द ट्रम्प प्लेग, अमेरिकी मिलिटरी जर्मवारफेयर बाट फैलिएको एचवानएनवान भाइरसलाई हामीले अमेरिकी भाइरस नभनेको, उक्त भाइरसको संक्रमणलाई अमेरिकाले ६ महिनापछि मात्र आपतकाल घोषण गरेको’जस्ता अमेरिकालाई पनि दोष दिइएको टिप्पणी चीनमा औपचारिक र अनौपचारिक रुपमा हुँदा वाकयुद्ध सुरु भएको महसुस विश्वले ग¥यो । अमेरिकाले आधिकारिक नाम विपरीत यो भाइरसलाई चिनियाँ वुहान भाइरस भनेकोमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतका लगायत विश्वका सवै देशलाई अमेरिकाको जथाभावी नामकरण गर्ने गरेको विरुद्ध आपत्ति जनाउन अनुरोध गरेको थियो । त्यहाँका विदेशमन्त्रीले समेत ट्वीट गरेका थिए ।

विपद्को समयमा चर्चा बटुल्न, कसैलाई तल झार्न वा अफवाहलाई अनावश्यक मलजल गर्न कसैको मतियार जाँचकी वा न्यायाधीशजस्तो भएर अहिले नै फैसला वा टीकाटिप्पणी गर्न सुहाउँदैन । अहिले नै उत्ताउलो भएर अनुमान बोल्दैन । समय सत्यको पर्खाइमा छ । आफ्नो देशको कमजोरीलाई ढाकछोप गर्न अरू देशलाई बिनाठोस सबुत दोष लाउने प्रवृत्ति सबैलाई सहजै स्वीकार्य हुन सक्छ जस्तो लाग्दैन ।

सर्वोत्तम प्रविधियुक्त; विश्वका उत्कृष्ट बुद्धिको जमघट गराएको र केही क्षणका लागि लखतरान भएपनि तुरुन्तै साबुद अवस्थामा ब्युँतन सक्ने अमेरिका विश्वको एक नम्बर शक्ति नै रहिरहने कुरामा अमेरिकालाई चीनले पो उछिन्ने हो कि भनेर चिन्ता गर्नेले अलिकति पनि शंका नगर्दा हुन्छ । युद्ध नचाहने चीनले युद्धलाई टालेर युद्धमा नहोमिएर आफ्नो आर्थिक स्थितिलाई सधैं दरिलो बनाउन चाहन्छ भनेर केही महिनाअघि जिम्मी कार्टरले गर्नुभएको टिप्पणीचाहिँ मननयोग्य छ । चीनले रातारात अस्पताल बनाएको र तथ्यहरूको अद्यावधिक वक्तव्य दिइरहेको प्रति भने विश्वको कम ध्यान पुग्ने गरेको छ ।

अहिलेको परिस्थिति गैरतार्किक, गैरजिम्मेवार, भेदभावपूर्ण, अपमानजनक, तल खसाउने, क्षेत्रीय भेदभाव कायम गराउने, अफवाह फैलाउने खालको नभएर विश्वका सबै राष्ट्र एक हुँदै कोभिड–१९ विरुद्ध लड्ने नै हो । अध्ययन, अनुसन्धान र प्रमाणहरूले कोरानाको वास्तविक दोषीको ठहर आगामी दिनमा भएपछि स्पष्टीकरण दिएर पनि दोषीले कुनै हालतमा उन्मुक्ति पाउनेवाला छैन । कुनै बाह्य शक्ति चाहिँदैन, त्यहीँका जनताले कुनै करुणा नदेखाई आफ्नै तरिकाले दोषीलाई उचित सजाय दिने नै छन् ।
(लेखक नेपाल सरकारका पूर्वमहानिर्देशक हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ